पचासमा चर्चित असीमा विमोचित

0
Shares

काठमाडौं । कामना प्रकाशन परिवारमा ४० को दशकमा सक्रिय पत्रकार होम परिवाग सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायण गोपालले गाएका गीतहरुको सँगालो ‘यात्राहरु नारायण गोपालका’ नामक दुई कृतिका साथ हालै पुनः प्रकाशन गृहमा देखिनुभयो ।

‘मेरो करियर निर्माणमा यस संस्थाको ठूलो योगदान छ’, हाल बेलायतमा रहेर पत्रकारिता, लेखन तथा प्रकाशनको काम गर्दै आएका परिवागले भन्नुभयो– तीन दशकअघि नै बेस्ट सेलर बचेर चर्चा पाइसकेका पुस्तकहरुको सन्दर्भ अझ पनि यथावत देखेर पुनप्र्रकाशनका साथ सहयोगका लागि आफ्नो पुरानो संस्थामा आएको हुँ ।

लेखक परिवागका यी दुई पुस्तक नेपाल बुक्स् पब्लिशर्सको सोसाइटी बुक्सले पुनः बजारमा ल्याएको हो । नयाँ वर्षको अवसर पारेर गत शनिबार एक कार्यक्रमका बीच उक्त दुई पुस्तक विमोचन गरिए ।

पञ्चायतकालमा नेपाली समाजमा देखिएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचनालाई उपन्यास ‘याद हराएको मान्छे’मा समेटिएको छ । पात्रहरु वसन्त, सुनिता खरदार, झनक सिंह, खजुरमैना तथा काजी कर्णवीरको मनोविज्ञान, आर्थिक तथा पारिवारिक स्थितिले समाजमा बदलिएको परिस्थितिलाई बुझ्न नसक्दा र देश तथा समाजले वसन्त जस्तो नवजवानलाई सम्भावना र रचनात्मकताका खोजी गर्न प्रेरित गर्ने अवसरहरु नदिँदा एक नवयुवा जोडीले आफ्ना जीवनलाई कसरी बर्बाद गर्न पुगे भन्ने विषयलाई उपन्यासले प्रस्तुत गरेको छ ।

नेपालमा आज पनि मानिसहरु व्यक्तिगत मनमुटाव, खानपिन, जाति–गोत्र, विवाह आदिबाट आउने जालझेल र तिकडमलाई नै आफ्ना जीवनका खास व्यस्ताताका कारण बनाउन पुग्दा समाज समग्रमा कसरी पछाडि पर्दोरहेछ भन्ने इतिवृत्तिलाई व्याख्या गर्न उपन्यास सक्षम छ ।

जम्मा ३०० पेज समाहित यस उपन्यासको छपाइ तथा प्रस्तुति आकर्षक र मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । यस उपन्यासलाई २०५० सालपछि जन्मिएका युवायुवतीलाई ज्ञान, प्रेम र प्रेरणाको निम्ति उपयुक्त रहेको उपन्यासकार परिवाग बताउनुहुन्छ ।