भारतमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, ६० हजार सक्रिय संक्रमित



COVID-19 coronavirus epidemic in india. Silhouette man in medical mask on a background abstract indian flag. Global COVID-19 coronavirus pandemic, pneumonia. Banner design concept. Vector

दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि उकालो लागेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६, युपीमा ४, दिल्ली राजस्थानमा ३, ३, महाराष्ट्रमा २, बिहार छत्तीसगढ, हिमाचल प्रदेश, झारखण्ड, केरल तथा तमिलनाडुमा १, १ जना रहेका छन् ।

सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भएका छन् ।

आइतबार १० हजार ९३ जना नयाँ संक्रमित थपिएका थिए भने कोरोनाबाट २३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्