सुडान: सेना र अर्धसैनिक बलबीच दोस्रो दिन पनि भीषण लडाइँ जारी, कैयौँको ज्यान गयो

0
Shares

काठमाडौँ ।

सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा आज दोस्रो दिन पनि भीषण लडाइँ जारी छ।

त्यहाँ भइरहेका हिंसामा कम्तीमा ५० जना मारिएको र सयौँ घाइते भएको बीबीसीले जानेको छ। ज्यान गुमाउनेमा राष्ट्रसङ्घको खाद्य कार्यक्रमका कम्तीमा तीन जना रहेको बताइएको छ।

दोस्रो दिन पनि भीषण लडाई भइरहेको र सरकारी फौजहरूले अर्धसैनिक र्‍यापीड सर्पोट फोर्सेजका अखडाहरूमा हवाई आक्रमण गरेका जनाइएको छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवले देशका दुई सशस्त्र गुटहरूबीच लडाइँ भइरहेको सुडानमा अविलम्ब युद्ध विरामको लागि अपिल गरेका छन्।

खार्तुमका स्थानीय बासिन्दाले राजधानीमा इन्टरनेट सेवा बन्द भएको जनाएका छन्।

त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।

यो पनि

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ