उपमेयर कप भलिबल सम्पन्न



हेटौंडा । हेटौंडामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सकिएको छ । हेटौंडा–१२ स्थित बुद्ध माविको कोर्टमा भएको ५ औं संस्करणको प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–११ र महिलातर्फ हेटौंडा–१९ नम्बर वडा च्याम्पियन भएको हो ।

पुरुषतर्फ हेटौंडा–११ ले १९ नम्बर वडालाई २५–१५, २५–२१, १८–२५, २१–२५ र १५–८ को कठिन सेटमा पराजित गरेको हो । महिलातर्फ हेटौंडा–१९ ले ९ नम्बरलाई २०–२५, २५–२१, २५–१६, २५–२२ र १५–१३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसहित विजेता र उपविजेता टोलीले क्रमशः ५० हजार र ३० हजार नगद प्राप्त गरेका छन् । सेमिफाइनलमा पुग्ने पुरुष र महिलातर्फका टोलीलाई नगद १० हजार प्रदान गरिएको छ ।

पुरुषतर्फ हेटौंडा–११ का राजेश घिमिरे सर्वोत्कृष्ट खेलाडी र कमल थापा उत्कृष्ट प्रशिक्षक चयन भए । हेटौंडा–१९ का हेम उप्रेती उत्कृष्ट स्पाइकर, सफल क“डेल उत्कृष्ट सेटर तथा हेटौंडा–१२ का विशाल जिम्बा उदीयमान खेलाडी घोषित भए । उनीहरुले नगदसहित सम्मानपत्र प्राप्त गरे ।

महिलातर्फ हेटौंडा–१९ की झरना मोक्तान सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । हेटौंडा–१९ की सरिता तितुङ उत्कृष्ट स्पाइकर र मदन उप्रेती उत्कृष्ट प्रशिक्षक घोषित हु“दा हेटौंडा–९ की आयुषा सिंह उत्कृष्ट लिफ्टर र खुशी पौडेल उदीयमान खेलाडी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्