सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ

0
Shares

काठमाडौँ।

सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ।
बिबीसीका अनुसार भिडन्तमा कम्तीमा तीन जनाको ज्यान गइसकेको छ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर, सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ।

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्।

पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेका छन्।

रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ।

यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो।

सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।