रुसको आक्रमणबाट ८ युक्रेनी नागरिकको मृत्यु

0
Shares

काठमाडौं ।
रुसको आक्रमणबाट दुई वर्षीय बालकसहित आठ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसमा आक्रमण गर्दा आठ जनाको मृत्य र २१ जना घाइते भएका हुन् ।
आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशंकासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
युक्रेनका अनुसार रुसी सेनाले पाँचवटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ । २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ ।