ब्यायाम मन्दिरमा रुदेन्द्र र सुदिक्षा प्रथम



????????????????????????????????????

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरम ानेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा रुदेन्द्र नारायण श्रेष्ठ र सुदिक्षा शाहले प्रथम स्थान हासिल गरेका छन् ।

हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुन् । क्लबका

प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५५. ४१ किलोग्राम तौल उचालेका थिए । त्यस्तै, सबिर मानन्धरले ३ सय ५.७८ र श्रीखण्ड रामले ३ सय ४.२४ केजी तौल उचालेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

त्यस्तै, महिलातर्फ २ सय २० किलोग्राम उचालेर सुदिक्षाले प्रथम स्थान हासिल गरिन् । महिलातर्फ इशा शाही दोस्रो र करुणा बस्नेत तेस्रो भईन् । इशाले २ सय पाँच र करुणाले १ सय ९० केजी उचालेका थिए । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दस, पाँच र तीन हजार नगद तथा विजेताले ट्रफी प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्