दिलिप स्मृति प्रतिष्ठान च्याम्पियन



काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसाग समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको ढल्कुले ५ स्वर्ण, २ रजत र ३ कांस्य हात पा¥यो । लैनचौरले १० हजार तथा ढल्कुले ५ हजार नगद पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषमा चुनदेवीका सुशिल थापा मगर तथा महिलामा ढल्कुकी पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियर पुरुषमा युन्सुबका सुजन ग्लान तथा महिलामा आयोजककी कृपा गौतम उत्कृष्ट खेलाडी चुनिए ।

सो अवसरमा तेक्वान्दो खेलाडीहरु शिव श्रेष्ठ, खगेन्द्रप्रसाद पाण्डे, मनीषा मगर, कैलाश थापा, रोजिना तामाङ, निरजज्यू ठकुरी, कृपा गौतम, रोनिशा गौतम, रिवाज धमला, स्वेच्छा कार्की, सन्तोष भण्डारी, सिसम श्रेष्ठलगायत १७ खेलाडीलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्