अन्तरपालिका जित्ने खेलाडी सम्मानित



हेटौंडा । हेटौंडामा भएको दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरलाई प्रथम बनाउने खेलाडीलाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा मकवानपुरगढी गाउ“पालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगितामा पालिकालाई उपाधिसहित २ लाख रुपिया“ नगद दिलाएका खेलाडी र अफिसिएल टिमलाई उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया“सहितले सम्मान गरेका हुन् ।

खेलाडीलाई नगर प्रमुख लामाले नगद ६ हजार ५ सय रुपिया“ हस्तान्तरण गर्दा उपप्रमुख बानिया“ले खादा लगाएका थिए । पुरस्कार बितरण गर्दै उपमहानगर प्रमुख लामाले खेलजीवनमा थप प्रगतिको शुभकामना दिइन् । उनले खेलकुद विकासका लागि उपमहानगर लागिरहेको भन्दै चालु आर्थिक वर्षमा ठूलो लगानी खेलकुदमा गरेको बताइन् । नगरमा खेलकुद विकासका लागि मैदान निर्माण, शारीरिक व्यायामका लागि खुला व्यायाम केन्द्रसहित अवधारणामा उपमहानगर अघि बढेको जानकारी दिइन् ।

नगर खेलकुद विकास समितिले उपमहानगरका तर्फबाट संयोजन गरेको प्रतियोगितामा सहभागी खेलाडीलाई थप पुरस्कारका रुपमा करिब ५ हजार बराबरका खेलजुत्ता (फुटबल बुट) दिने बताइएको छ । प्रतियोगितामा सहभागी भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पूर्ण खेलाडी तथा अफिसिएललाई नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।

सम्मान कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सबिन न्यौपाने, हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष सुकराम केसीको उपस्थिति थियो । अन्तरपालिका खेलमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुरगढी गाउ“पालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जित हासिल गरेको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्