राम र उत्तमको टीम प्रथम



ललितपुर । तेस्रो खुला डबल ब्याडमिन्टन प्रतियोगितामा राम केसी र उत्तम सत्यालको टीम प्रथम भएका छन् । ललितपुर महानगरपालिका–१८ भन्ज्याङ स्थित श्री वालकुमारी श्रृजना क्लबको आयोजना र वडा–१८को सहयोगमा सम्पन्न प्रतियोगितामा अशोक खाती र सरोज खतिवडाको टीम द्धितिय र अजय थापा मगर , योमेश डंगोल र राजेश थापामगर र कमल थापाको टीम तृतिय भएका छन् ।

२६ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज सकिएको छ । प्रतियोगितामा प्रविन चौधरी र अर्जुन घर्तिमगरको टीम उत्कृष्ठ भएका थिए । कार्यक्रममा ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्का, वडा नं–२५ का वडा अध्यक्ष दौलत खत्री , नेपाल ब्याडमिन्टन संघका पुर्वअध्यक्ष प्रकाशबहादुर शाही , प्रतियोगिताका संयोजक मिलन थापा र श्री वालकुमारी सिर्जना क्लबका अध्यक्ष दीपक थापामगरले विजयी खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने टीमलाई २५ हजार, द्धितिय हुने टीमलाई १० र तृतिय ५ हजार र उत्कृष्ठ टिमलाई ५ हजार रुपिया प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष खड्काले वडाले खेलकुद विकासको लागि सहयोग जारी राख्ने बताउनुभयो । भन्नुभयो–यस वडाले भलिवल, फुटवल, टेबलटेनिस, ब्याडमिन्टन लगायत खलकुदलाई निरन्तर सहयोग गर्नेछ । चार दिनसम्म चलेको प्रतियोगितामा २३ वटा टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्