जारी आईपीएल उच्चतम स्कोरको हुने संकेत



नयाँ दिल्ली, (एजेन्सी) । आईपीएलको जारी संस्करणमा सोमबारसम्म १४ खेल समाप्त भइसकेका छन् । यो १६ औं संस्करणमा एक टे«न्ड सामुन्ने आएको छ कि जारी सिजन उच्चतम स्कोरिङको संस्करणतिर अघि बढिरहेको छ । शुरुवातको १४ खेलसम्म ८.८६ रन प्रति ओभर बनिरहेको छ । यसले २०१८ आईपीएलको कीर्तिमान तोडिसकेको छ । त्यतिबेलाको संस्करणमा शुरुवातको १४ खेलसम्म प्रति ओभर ८.६४ रन बनेको थियो ।

यसपटकको सिजनमा पावरप्ले पनि टोलीहरुका लागि ऐतिहासिक साबित भइरहेको छ । वर्ष २०२३ मा टोलीहरुले पावरप्लेमा ८.१६ रन प्रति ओभर बनाइरहेका छन् । जुन, आईपीएल इतिहासमा सबैभन्दा उच्चतम हो । यसैगरी पहिले ब्याटिङ गर्ने टोलीको कूल २८.७ प्रतिशत पावरप्लेमै बनेको छ ।

यो तथ्यांक सिजन २०१८ आईपीएलसँग बराबरी रहेको छ । संयुक्तरुपमा दोस्रो सबैभन्दा उच्चतम हो । २००९ को आईपीएलमा पावरप्लेमा यो भन्दा बढी रन बनेको थियो । एक सय रन पनि छिटै पाइरहेको छ ।

२८ इनिङमध्ये ९ मा टोलीहरुले १ सय रन मात्र १२ ओभरमा प्राप्त गरेका छन् । आईपीएलको इतिहासमा यो पहिलो पटक भएको हो । २०१८ भन्दा पहिले १४ खेलपछि टीमहरुले ७ पटक १२ ओभरभित्र १ सय रन छोएका थिए । राजस्थान रोयल्सले सिजनमा १ सय रन हैदराबादविरुद्ध ७.४ ओभरमा प्राप्त गरेको थियो ।

जारी सिजनमा सोमबारसम्मको तथ्यांक हेर्दा ५ पटक २ सय रन पार भएका छन् । जसमा, दुई खेलमा रन पछ्याउन सफल भयो भने तीन खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित निकाले । सोमबार मात्रै पनि रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिले ब्याटिङ गरेर २ सय १२ रन बनायो । तर, यो खेल लखनउले १ विकेटले जितेको थियो ।

यसैगरी गुजरातले २ सय ४ रन बनाएकोमा कोलकता नाइट राइडर्सले २ सय ५ रन बनाएर यो खेल ३ विकेटले जित्यो । अन्य खेलमा भने पहिले ब्याटिङ गरेको टोलीले २ सय रन भन्दा बढीको लक्ष्य सुरक्षित बनाए । चेन्नाई सुपर किंग्सले २ सय १७ रन बनाएर लखनउलाई १२ रनले हरायो । त्यस्तै बैंगलोरले २ सय ४ रन बनाएर कोलकतालाई ८१ रनले पराजित ग¥यो । अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७२ रनले पराजित गरेको थियो । यो खेलमा राजस्थानले २ सय ३ स्कोरलाई सुरक्षित पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्