रिमोट क्रन्टोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

0
Shares

इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ ।

बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरि गराइएको सो विस्फोटमा परि दर्जनौँ घाइते भएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते हुन पुगेका हुन् । सुरक्षा अधिकारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

सो बम बिष्फोट पछि घटनास्थल सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको छ । एजेन्सी