कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

0
Shares

धनगढी ।

कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायको संख्या समेत बढ्न थालेको छ ।

‘कैलालीको गौरिगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीले भने, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’

उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुप‌ंछी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ ।