पाटन क्याम्पसमा स्ववियु निर्वाचन जारी

0
Shares

काठमाडाैं  ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन आज मतदान भइरहेको छ।

शनिबार बिहान ८ बजेबाट मतदान सुरू भएको नेविसंघ पाटनका विद्यार्थी नेता सुवास पोखरेलले जानकारी दिए।

पाटनमा यसपालि विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र गरी ६ जना स्ववियु सभापतिका उम्मेदवार रहेकाे नेता पाेखरेलले बताए  ।

पाटनमा यसअघि चैत ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनको आन्तरिक विवादका कारण रोकिएको थियो।