सामाजिक सञ्जालकाे विज्ञापनलाई करको दायरामा ल्याइँदै

0
Shares

काठमाडौं ।

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याइने भएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पार्दै यस्ता विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको हो ।

इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाट्स एप, वीच्याट र इमोको प्रयोग पनि उत्तिकै वृद्धि भएको छ । त्यस्ता सञ्जालको प्रयोगकर्ता पनि दिनप्रति दिन बढिरहेका छन् ।

बिहीबार सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउनका लागि विज्ञापनदाताले सञ्चारगृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था गरी विज्ञापन एजेन्सीले पाउने कमिसनलाई पारदर्शी बनाउने । सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउने, मन्त्री शर्माले प्रस्तुत गरेको उक्त न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।