काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
यस्तै करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाटले प्राप्त गरे ।
ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलमध्ये २६ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो । यसमा तेक्वान्दो खेलबाट कोही पनि खेलाडीको नाम नपठाएको जनायो ।
वर्ष उत्कृष्ट खेलाडी (१/१ लाख पुरस्कार)
पुरुषतर्फ प्रिन्स दाहाल ब्याडमिन्टन
महिलातर्फ एन्जिला तुम्बापो सुब्बा फुटबल
उत्कृष्ट खेलाडी खेल (पुरस्कार १०÷१० हजार)
इमायुङ राई आर्चरी
दीपक अधिकारी एथलेटिक्स
प्रिन्स दाहाल ब्याडमिन्टन
अनुषा मल्ल बास्केटबल
सुष्मा तामाङ बक्सिङ
निष्मा श्रेष्ठ साइक्लिङ
ओमकार सिंह फेन्सिङ
एन्जिला तुम्बापो सुब्बा फुटबल
सद्भाव आचार्य गल्फ
सत्यनारायण मानन्धर जिम्नास्टिक
विशाल नेपाली ह्यान्डबल
कमला चन्द हकी
संजित डंगोल जुडो
घनश्याम रोका मगर कबड्डी
चन्चला दनुवार कराते
मोहन राणा ¥याफ्टिङ एन्ड क्यानोइङ
सुष्मिता नेपाल शुटिङ
संगीता लामा स्की
एलेक्जेन्डर शाह पौडी
सिक्का सुवाल श्रेष्ठ टेबलटेनिस
रितिक राणा टेनिस
श्रेबी महर्जन ट्रायथलन
सलिना श्रेष्ठ भलिबल
विशालसिंह विष्ट भारोत्तोलन
सुशीला चन्द कुस्ती
सुष्मिता तामाङ उसु
प्रतिभावान खेलाडी (५०÷५० हजार)
पुरुषतर्फ सद्भाव आचार्य गल्फ
महिलातर्फ चन्चला दनुवार कराते
गजराज आदर्श खेल व्यक्तित्व अवार्ड (३५ हजार)
खड्गबहादुर रानाभाट
पारा एथलेट अवार्ड (१५ हजार)
सुभेच्छा खतिवडा
खेलकुद पत्रकार (पुरस्कार २५ हजार)
ध्रुव तुलाधर कान्तिपुर दैनिक











प्रतिक्रिया