चौरीदेउरालीका ३८ विद्यालयमा ‘तारा’ पद्दति

0
Shares

काभ्रे ।  

चौरीदेउराली गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा सरसफाई अभियानका १० वटा सुचक ‘तारा’ पद्दति कार्यक्रमलाई प्रभावकारी बनाउने गरी शुरु भएको अभियान अन्र्तगत वास मेला आयोजना गरिएको छ ।

वाटर एड नेपालको सहकार्य, सिभिक फोरमको साझेदार र गाउँपालिकाको समन्वयमा डेड वर्ष अघि शुरु भएको कार्यक्रम २०२४ मा सकिनेछ ।‘सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाई र स्वच्छताको प्रावधान अन्र्तगत रहेर विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाई, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचक पुरा गर्ने अभियानमा समन्वय गरिरहेका छौं’– गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो–‘मानव जीवन रहुुञ्जेलसम्म ब्यक्तिलाई स्वस्थ राख्ने अभियानमा गाउँपालिकाका कार्यक्रम केन्द्रित रहेका छन् ।’

पूर्वाधार निर्माणसँगै स्वास्थ्य सेवाको प्रभावकारी ब्यवस्थापन, जनचेतनाका साथै निशुल्क उपचारको ब्यवस्था मिलाएको अध्यक्ष चौलागाईले बताउनु भयो ।‘विगतमा विद्यालयमा विद्यार्थी धेरै, शिक्षक र पूर्वाधार कम थिए’–अध्यक्ष चौलागाईले भन्नुभयो–‘अहिले विद्यार्थी कम पुर्वाधार र जनशक्ति पर्याप्त छ ।’

सुगमतासँगै आयआर्जन र अवसरका लागि ब्यक्ति शहर केन्द्रित हुने क्रम रोक्ने अभियानका लागि गाउँपालिकाले उपचारको ब्यवस्थामा सहजता गराएको उहाँले बताउनु भयो । चौरीदेउराली गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा पुर्वाधारसँगै सरसफाई र गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी आवश्यक कार्य गरिरहेको उहाँले बताउनु भयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले गाउँपालिका भित्रका सबै वडामा सडक सम्पन्नता हुँदै गए पनि त्यसको गुणस्तर र सडकसँगै जोडिएका अन्य पुर्वाधार निर्माणका लागि तीन तहकै सरकारसँगको समन्वय गरिने बताउनु भयो । ‘कोभिड र डेँगीको समस्यामा नेपालीहरुले धेरै कुरा सिकेको भए पनि रोग नियन्त्रण भएसँगै धेरै कुरा विर्सन पुगेका छन्’–समन्वय प्रमुख गौतमले भन्नुभयो–‘पर्वाधार राम्रो बनाउँदैमा त्यसबाट उत्पादन हुने जनशक्ति गुणस्तरीय नहुने भएकाले गुणस्तरीय जनशक्ति उत्पादनका लागि सभ्यता, संस्कृति र सुसस्कृत समाज निर्माणका लागि गुणस्तरीय शिक्षा प्रदान गरिनु पर्छ ।’

तारा पद्दति अन्र्तगतका अधिकांश बुँदाहरुमा विद्यालयहरुले ध्यान पु¥याउनु पर्ने बताउँदै समन्वय प्रमुख गौतमले हेलचेक्रयाईका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि विद्यालय, अभिभावक र विद्यार्थी सबै जिम्मेवार हुनु पर्ने बताउनु भयो । चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ मा रहेको जागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको वास मेला कार्यक्रममा ३६ विद्यालयका प्रधानाध्यापक, प्रतिनिधिमुलक अभिभावक र शिक्षक तथा विद्यार्थी सहभागि थिए भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, दातृ निकायका प्रतिनिधिहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, चौरीदेउराली गाउँपालिकाका प्रतिनिधिहरु सहभागि थिए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्यालय बालबालिकाहरुको दोश्रो मन्दिर भएकाले पहिलो मन्दिर घरबाटै सिकाउने पर्ने सरसफाई र सभ्यताका विषयमा अभिभावकहरु सचेत हुनु पर्ने बताउनु भयो । गाउँपालिका निर्वतमान उपाध्यक्ष तारा चौलागाईले शौचालयमा ताला लगाएर राख्ने विद्यालयहरुको बानीमा सुधार भएको बताउनु भयो । उहाँ गाउँपालिका शिक्षा समिति सदस्य समेत हुनुहुन्छ ।

अधिकांश विद्यालयमा पानीका कारण शौचालयमा ताला लगाएर राख्ने, शौचालय जानु पर्ने अवस्थामा बालबालिकहरु विद्यालय आपपासका छेउमा जानु पर्ने, महिनावारी भएका छात्राहरु विद्यालय नै नआउने वा आएमा प्याड फेर्ने समस्या हुने जस्ता समस्याबाट मुक्त भएको निवर्तमान उपाध्यक्ष चौलागाईले बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानदास लामाले विद्यालयमा समावेशी शौचालय, खानेपानी तथा अन्य सरसफाईका कार्यक्रम प्रभावकारी बनाउन प्रयास गरिएको बताउनु भयो ।

बुद्ध हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु चौलागाईले अभियानले शिक्षक, अभिभावक र विद्यार्थीहरुको वानी सुधारमा सहयोग पुगेको बताउनु भयो । प्रधानाध्यापक चौलागाईले बालबालिकाहरुमा मात्रै नभई शिक्षक र अभिभावकहरुले पनि कोभिड पछि हात धोएर मात्रै अन्य काम गर्न सिकेको भए पनि विस्तारै त्यो अभ्यास छाडेको बताउनु भयो । वाटर एड नेपालका कार्यक्रम संयोजक प्रमिता मर्हजनले अभियानले ब्यक्तिको ब्यवहारीक जीवनमा परिवर्तन ल्याउन सफल भएको बताउनु भयो ।

सरसफाईका कारण ब्यक्तिको स्वास्थ्यमा आउने परिवर्तनलाई बुझाउन सकिएकाले कार्यक्रम प्रभावकारी भएको महर्जनले बताउनु भयो । सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले चौरीदेउरालीका विद्यालयहरुमा शुरु गरिएको सरसफाई कार्यक्रमले नागरिकहरुको दैनिक जीवनमा परिवर्तनका साथै विद्यालयहरुले समेत सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।

चौरीदेउराली गाउँपालिकामा संचालित कार्यक्रमका संयोजक सान्त्वना कार्कीले विद्यालयका अलावा अभिभावकहरुलाई समेत सरसफाई अभियानमा जोडिएको बताउनु भयो । छात्राहरुलाई आत्मनिर्भर बनाउन महिनावारी भएका समयमा लगाउने प्याड निर्माण, प्रयोग तथा ब्यवस्थापनका लागि सिकाईएको उहाँले बताउनु भयो । घरमै निर्माण गरिएको प्याड ५ पटकसम्म पुनः प्रयोग गर्न सकिनेछ । जसका कारण रकम र समय दुबै बचत हुनेछ । ३८ वटै विद्यालयका छात्राहरुले प्याड बनाउने तालिम लिनेछन् ।

जस अन्र्तगत वडा नम्वर ४,५ र ९ नम्वरमा तालिम उपलब्ध गराई सकिएको छ । अभिभावकहरुलाई समेत उक्त तालिम दिएकाले रोजगारको समेत सिर्जना भएको कार्यक्रम संयोजक सान्त्वना कार्कीले बताउनु भयो ।कार्यक्रमले विद्यालयमा प्रयोग भएको पानी तथा समुदायमा पिउने पानीको गुणस्तर मापन गर्न सिकाएको छ । जसका लागि पानीको परिक्षण र प्रयोग गर्न सिकाईएको छ । पानीमा पाईने कोलिफर्मको मात्रा एकिन गर्ने र पानीको गुणस्तर पत्ता लगाउने विद्यीले सरसफाई तथा स्वास्थ्यमा सहजता हुने कार्कीले बताउनु भयो ।

तालिममा सहभागि जागृति माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अनिता गौतमले तालिम र विद्यालयमा लागु भएको तारा पद्दति कार्यक्रमले आफ्नो बानी ब्यहोरामा परिवर्तन आएको बताउनु भयो ।

‘जताततै फोहोर पाल्ने, हात नधोई खाना तथा खाजा खाने, सरसफाईका अन्य विषयमा ध्यान नदिने र महिनावारी हुँदा प्रयोग भएका प्याडहरुको उत्पादन, ब्यवस्थापनमा समेत जानकारी पाउँदा ब्यक्तिगत जीवनमा परिवर्तन भएको छ’–विद्यार्थी गौतमले भन्नुभयो–‘यो तालिमले विद्यालय र घर परिवारमा मात्रै नभई हरेक क्षेत्रमा सहजता उपलब्धता गराएको छ ।

विद्यालयमा पहिला पानी थिएन अहिले नियमित पानी उपलब्ध हुँदा शौचालयको प्रयोग र सरसफाई प्रभावकारी भएको छ ।’वडा अध्यक्ष कृष्णप्रसाद गौतमले विद्यालयमा लागु भएको उक्त कार्यक्रमले सबै क्षेत्रलाई सहज भएकाले निरन्तरताका लागि समन्वय गर्ने बताउनु भयो । कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकहरुमा उर्जा प्रदान गरिरहेको अध्यक्ष रेणुका चौलागाईले बताउनु भयो ।