संस्कृति इन्टरनेसनल स्कुलको तेह्रौँ स्थापना दिवस सम्पन्न

0
Shares

काठमाडौं ।

संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस सम्पन्न गर्‍यो । समारोहमा प्रमुख अतिथि डा. राजेश गोँगलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलकी प्राचार्य तिमिला श्रेष्ठले बाल मनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमाहैसे मिलाइरहेको बताउनुभयो । संस्कृति इन्टरनेसनलका अभिभावक, विद्यार्थी तथा उपस्थित सम्पूर्णलाई आफ्नो अभिभावकको मन्तव्यले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि डा. राजेश गोँगल, विद्यालयका अध्यक्ष रञ्जित आचार्य र विद्यालय निर्देशक दिप्ती आचार्य र विद्यालयकी प्राचार्य तिमिला श्रेष्ठले ‘संस्कृति मञ्जरी’ विमोचन गरिएको थियो । विद्यालयका सह–प्राचार्य अमित मन्त्रीले विमोचित ‘संस्कृति मञ्जरी’ को बारेमा समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन र समाजसेवा बारेको सोचलाई मलजल गर्न प्रत्येक वर्ष आयोजना गरिने ‘संस्कृति स्टुडेन्ट अफ द इयर’ का विषयमा विद्यालयकी माध्यमिक तह संयोजक श्रोमोना थापाले प्रकाश पार्नुभएको थियो ।

सामूहिक कार्य प्रस्तुति चरण, सामुदायिक सेवा परियोजना प्रस्तुति चरण र वैयक्तिक सिप प्रस्तुति चरण गरी तीन चरणमा सम्पन्न प्रतियोगितामा सामुदायिक सेवा परियोजना प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः वरिष्ठ न्यौपाने, रेयान राजन पुन र समृद्धि खड्का भएका थिए भने वैयक्तिक सिप प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः नितिशा गुरुङ्ग, रेयान राजन पुन र वरिष्ठ न्यौपाने भएका थिए ।

संस्कृति स्टुडेन्ट अफ द इयरका सेकेन्ड रनर अप वरिष्ठ न्यौपाने, फस्ट रनर अप नितिशा गुरुङ्ग र स्टुडेन्ट अफ द इयर रेयान राजन पुनलाई प्रमुख अतिथि डा. गोँगल, विद्यालयका अध्यक्ष तथा निर्देशकले क्रमश १० हजार , १५ हजार र २०हजार पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारमा प्राप्त रकमलाई समाजसेवामा लगाउने विजेताको प्रतिवद्धतालाई उपस्थित सम्पूर्णले तालीले स्वागत गर्नुभएको थियो ।

सो कार्यक्रममा हस्पिस नेपाललाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो । सो रकम त्यस संस्थाका अध्यक्ष डाक्टर राजेश गोँगलमार्फत प्रदान गरिएको थियो । संस्कृति इन्टरनेसनल स्कुलले सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि डा.गोंगलले विद्यालयका सार्थक कामहरूको प्रशंसा गर्दै तेह्रौँ विद्यालय स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।

सो कार्यक्रममा कस्मिरमा सम्पन्न स्की प्रतियोगिताका सहभागी सो विद्यालयका विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयकी निर्देशक दिप्ती आचार्यले विद्यालयका गौरवपूर्ण १३ वर्षलाई सम्झँदै सम्पूर्ण अभिभावक, विद्यार्थीवर्ग तथा विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।

उहाले शिक्षालाई जीवनसँग जोड्दै विद्यार्थीको चौतर्फी विकासमा संस्कृति इन्टरनेसनल स्कुल सदा लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । स्थापना दिवसमा कक्षाका खेलका स्टलहरूको उद्घाटन गरिएको थियो । स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम, खेल स्टल, चित्रकला प्रदर्शनी, थ्रिडिआइ लगायत एक दर्जन बढी स्टल राखिएको थियो ।