मलमा महँगीविरुद्धको लडाइँ

0
Shares

सरकारले रासायनिक मलखादमा अनुदान कटाएर अत्यधिक मूल्य बढाई जनतामारा कार्य गरेको भन्दै यसको विरुद्धमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर गरेको विरोध प्रदर्शन । नेपाली जनताको जीवनयापनको मुख्य आधार कृषि नै भएको तथा राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा पनि कृषिक्षेत्रले धानेको कटु सत्यलाई बेवास्ता गरेको कार्यक्रममा सहभागीहरूले आरोप लगाएका छन् । तस्वीर : नेपाल समाचारपत्र