अन्तर्राष्ट्रिय स्ट्रेँग्थ लिफ्टिङ र बेन्च प्रेस प्रतियोगितामा केसी र खड्काको उत्कृष्ट प्रदर्शन

0
Shares

काठमडौं ।

नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय स्ट्रेँग्थ लिफ्टिङ र इन्क्लाइन र बेन्च प्रेस प्रतियोगितामा नेपालका केसी र खड्काको उत्कृष्ट प्रदर्शन गरेका छन् ।

एन्फा कम्प्लेक्समा आयोजित प्रतियोगितामा बुढानिलकण्ठका सन्दिप केसी र दीपक खड्काले उत्कृष्ट प्रदर्शन गरेका छन् । विश्वका सात देश सम्मिलित प्रतियोगिताअन्तर्गत नेपालका सन्दिप केसीले ह्याभीवेट क्याटागोरीमा दोस्रो स्थान हासिल गरेका थिए ।

केसीले भारत, किर्गिस्तान, तुर्किस्तान, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेशसँग प्रतिष्पर्धामा फस्ट एटेम्प्टमा २४० केजी र सेकेण्ड एटेम्प्ट २४० केजी उठाएका थिए । विजेता भारतका खेलाडीले २८० केजी उठाएको थिए ।

त्यसैगरी बुढानिलकण्ठका नेपाली खेलाडी दीपक खड्काले फिजकल च्यालेन्ज क्याटागोरीमा ६०, ८० र ९० केजी इन्क्लाइन प्रेस गरेर तेस्रोस्थान प्राप्त गरेका छन्। दीपकले पनि भारत, किर्गिस्तान, तुर्किस्तान, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेशसँग प्रतिष्पर्धा गरेका थिए । यो क्याटागोरीमा पनि भारतले पहिलोस्थान हासिल गरेको थियो ।