प्रमिला यादवको उम्मेदवारी फिर्ता

0
Shares

काठमाडौं ।

  निर्वाचन आयोगले उपराष्ट्रपतिमा उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने भएको छ ।

आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि  निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए । तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको छ ।