नेपाल टस जितेर ब्याटिङमा

0
Shares

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएई विरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएको छ ।