पर्यटन प्रबर्द्धन गर्न महोत्सव

0
Shares

लमजुङ । 

दोर्दी गाउँपालिका ९ हिलेटक्सारमा फागुन २९ गतेदेखि हिलेटक्सार पर्यटन महोत्सव हुने भएको छ ।  हिलेटक्सार ग्रामिण पर्यटन प्रबर्द्धन समितिको आयोजनामा फागुन ३० गतेसम्मा महोत्सव हुने भएको हो ।

हिलेटक्सार ग्रामिण पर्यटन प्रबर्द्धन समितिको आयोजनामा हुन लागेको महोत्सवमा उधोग, पर्यटन वन तथा वातारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्रस् रेशमबहादुर जुग्जालिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने बताइएको छ । हिलेटक्सारको पर्यटनलाई प्रबर्धन गर्ने र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई थप टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।

कार्यक्रमबाट आन्तारिक तथा बाह्य पर्यटक प्रबर्द्धन तथा स्थानीयस्तरमा रोगजारीको सृजना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष आशिष तामाङले जानकारी दिए । महोत्सवबाट आन्तरिक तथा वाह्य पर्यटकको आकर्ष बढ्ने अपेक्षा रहेको उनले बताए ।

महोत्सवमा राष्टिय तथा स्थानीय कलाकारको सांगितिक तथा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तृुति, हस्तकला र कृषि प्रदर्शनि, स्थानीय पौराणिक नृत्य, ख्यातिप्राप्त स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ । यस्तै महोत्सवमा हिलेटक्सारभित्रका विभिन्न श्रष्टहरुलाई सम्मान गरिने कार्यव्रmम पनि रहेको वडा अध्यक्ष तामाङले बताएका छन् ।