पाटन क्याम्पसमा नेविसंघको फरक गुटले चुनाव विथोल्ने प्रयास

0
Shares

ललितपुर ।

नेपाल विद्यार्थी संघको युवराज लामा गुटले निर्वाचन विथोल्ने प्रयास गरेको छ । नेविसंघकै तारा शर्माको समुह प्रत्यक्षतर्फको मनोनयन गर्न पुग्दा लामा समुहले मनोनयन हुन नदिन नाराबाजी गर्ने विथोल्न खोजेको हो । लामा समुहले दिउसो २ बजेसम्म क्याम्पस प्रवेशद्धारमा नाराबाजी जारी राखेको छ ।

त्रिवि अन्तर्गतका देशैभरका आंगिक क्याम्पसमा मनोनयन भैरहदा सो क्याम्पसमा भने नेविसंघबीच चरम विवाद देखिएको थियो । उता एमाले निकट अनेरास्ववियुले पहिलो नम्बरमा मनोनयन गरेको छ । मनोनय सकेर क्याम्पस बाहिर पुग्दा नेविसंघको लामा समुहले सभापतिका उम्मेदवार सुरेस जिसी माथि हातपात गरेका थिए ।

उक्त समुहले अनेरास्ववियुका पुर्व उपाध्यक्ष एवं पाटन क्याम्पसका स्ववियु सभापति झपिन्द्र खत्रीलाई समेत हातपात गर्ने प्रयास गरेका थिए ।क्याम्पसमा विद्यार्थी संगठनबीच झडप हुन नदिन जिल्ला प्रहरी परिसर ललितपुरबाट ब्यापक प्रहरी परिचालन गरिएको छ ।