बच्चा जन्माउन थालेपछि जोखिममा किशोरीहरु

  बुढीगंगामा अब उमेर नखोली विवाह कार्ड छपाउन नपाउने 

0
Shares

बाजुरा। 

गत बिहीबार दिउँसो मात्र बुढीगंगा नगरपालिका वडा नं २ बेजडीकी १७ वर्षीया एक किशोरी सुत्केरी लक्ष्मी लुवारको मृत्यु भएको छ । मृतक लक्ष्मी लुहारका श्रीमान् पनि करिब १७ वर्ष उमेरका छन्। “बच्चाले बच्चा जन्माउँछन् । पोषणका नाममा एक क्रेट अण्डा खुवाउन सक्दैनन् । जनचेतना अभावका कारण विवाह गर्छन् । विवाह भए  लगतै बच्चा जन्माउँछन् । आफुप्रदेशिन्छन् घरमा महिलाको बेहाल हुन्छ । त्यस्तै पिडा खेप्न नसकी लक्ष्मीको मृत्यु भयो  स्थानीय स्वास्थ्यकर्मी धर्मराज जोशीको भनाइ छ ।

करिब १७ वर्षिया लक्ष्मीको बच्चा जन्माउन खोज्दा उनको अकालमा ज्यान गएको हो । झण्डै चालिस केजी तौलकी लक्ष्मीले  दुई वटा शिशु एक साथ जन्माउन नसकेकै कारण उनले मृत्युवरण गर्नु परेको हो । आफ्नै छिमेकी लक्ष्मीको बेहाल देख्दा बारम्बार सल्लाह दिँदा पनि उनको गरिबीकै कारण गर्भिणीको  स्याहार गर्न नसक्दा अहिले यस्तो अवस्था निम्तियो जनकराज  जोशीले भन्नुभयो ।

मृतक लक्ष्मीको पेटमा जुम्ल्याहा बच्चा रहेको र घरमै जन्मेको बच्चा जीवित छ । अर्को बच्चा जन्माउन वयालपाटा अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको हो  । लक्ष्मीका पति प्रकाश लवारले दुःख व्यक्त गर्नुभयो  । एक छोरी घरमै जन्माएकी थिइन्। लक्ष्मीलाई अफ्ठयारो भएपछि आफन्तले बिहीबार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए । त्यहाँ एउटा छोरीको जन्म दिइन्, उनलाइ अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको स्थानीयले बताए  । अत्यधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो । एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जीवितै रहेको अस्पतालले जनाएको छ ।

गौमुल गाउँपालिका वडा नं ५ की रविना रोकायले १७ वर्षको उमेरमा बिहे गरिन् र अहिले २२ वर्षकी भइन् साथमा  एक छोरा सँगै छन् । उनी बाजुरा क्याम्पसमा अध्ययनरत छन् । पढ्ने लेख्ने समयमा आमा बन्न परेकोमा उनलाई चिन्ता  लागेको छ । उनका  श्रीमान शिक्षण पेसामा हुँदा रविनालाई  आर्थिकरुपमा त्यति गाह्रो त छैन । तर पनि पढाई लेखाई गर्न अप्ठेरो भएको बताउँछिन् ।

हिमाली एक बामकी नरमदा रोकायाले १३ वर्षको उमेर बच्चा जन्माइन् पहिलो सन्तान अप्रेसन गरेर जन्माएपछि त्यसपछि बच्चा जन्माउन नसकेको दुखेसो छ । स्वामिकार्तिक एक जोरुकी एक युगल जोडीले उमेर नपुगी  अन्तरजातीय भागी विवाह गरिन । गैर दलित भनिने माइतिपक्षले जवजस्ती करणीको मुद्दा  दर्ता गराए । उमेर नपुगी विवाह गर्दा शारीरिक अस्वस्थता एकातिर छ भने अर्को तिर  समुदाय भित्र अहिले पनि जातीय विभेदको प्राकाष्टा उनीहरूले भोगिरहेका छन् ।

बालविवाह दर नघटेपछि बुढीगंगा नगरपालिकाको वडा कार्यालयले अब उमेर नखुलाई विवाह कार्ड समेत छाप्न नपाउने नयाँ जुक्ती निकालेको छ ।

बुढिगंगा नगरपालिकाका केटा केटीहरूले अनिवार्यरुपमा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्ने र केटा केटीको २० वर्ष भन्दा कम उमेरमा विवाह गराउने आमा बुवा, दाज्यु भाई ब्रामण (पुरोहित) समेतलाई ऐन बमोजिम कारबाही गर्ने र विवाहको कार्ड छपाउँदा जन्ममिति समेत उल्लेख नगरेको पाइएमा विवाह निमन्त्रणा समेत अस्वीकार गर्ने बुढीगंगा नगरपालिका वडा नं ९द्वारा जारी सूचना मा उल्लेख छ ।  वडा  कार्यालयको सूचना उलंघन गरे वडा कार्यालयबाट प्रदान गरिने समपूर्ण सेवासुविधा ( सामाजिक सुरक्षा भत्ता, बालपोषण भत्ता, सिफारिस, काठको पुर्जी,सार्वजनिक कार्यक्रममा प्रतिबन्ध ) लगायत अन्य सेवा सुविधाबाट वञ्चित  गरिने छ, उक्त सुुचनामा उल्लेख छ ।

बालविवाहले शारीरिक अस्वस्थताका साथै आर्थिक, सामाजिक, सांस्कृतिक, तथा जातीय विभेदमा पनि  उत्तिकै असर परेको देखिन्छ । बालविवाह रोक्न जिल्लामा सभासम्ेमलन गोष्ठी गरिदै आएका छन् । जिल्लामा विगतका तुलनामा बालविबहादर घटेको छ । यद्येपी स्थानीयतहगत सर्बेण गर्दा बाल विवाहादर अझै कहालीलाग्दो छ।  नागरिक सचेतना नै वालविवहा न्युकिरणको कडी हुनसक्छ । समाज शिक्षित नहुँदा बालविवाह सामाजिक कुप्रथा रोक्न हम्मे हम्मे पर्ने सरोकारवालको भनाई छ। ।

“२०८० भित्र बालविवाह मुक्त नगरपालिका घोषण गर्ने नीति लिएको बुढिगंगा नगरपालिका नगरप्रमुख रामबहादुर बानियाले जानकारी दिन्नुभयो । वडा न ४ को साउवाडा र देनसाईल टोल बालविवाह मुक्त भइसकेका छन् । वडा न९ र १० घोषणा गर्ने क्रममा छौँ । ”नगरप्रमुख वानियाले भन्नुभयो । विगतको तुलनामा बालविवाह घट्दो क्रममा छ । यद्येपी बाल विवाहको प्रमुख कारण अशिक्षा र सामाजिक सञ्जालको दुरुपयोग भएको नगरप्रमुख बानियाको ठहर छ ।
बाजुरा गत वर्षपूर्ण साक्षर जिल्ला घोषणा भएको छ । गतको साक्षरता दर ९७ प्रतिशत छ । जिल्लामा कति शिक्षत छन् त्यसको एकिन तथ्याङ्क शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बाजुरासँग छैन ।  तथापि बाजुरामा बाल विवाहको प्रमुख कारण जनचेतनाको कमी, आर्थिक, सामाजिक कारण  र प्रम्परागत मुल्यमान्यता मान्दा बालविवाह व्याप्त छ शिक्षा समन्वय इकाई प्रमुख हर्कबहादुर सिंहको भनाइ छ। यद्येपी जिल्लाको शैक्षिक अवस्थाको कुनै डाटा नभएको सिंहको स्वीकारोक्ति छ ।

विगको तुलनानमा बाल विवाहदर घटेको छ। आर्थिक उन्नयन र सामाजिक जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नु पर्ने हुन्छ । विद्यालयमा पहिलेको तुलनामा बाल विवाहकै कारण विद्यालय ड्र«पआउट हुनेको संख्या कमी हुँदै आएको जाल्पादेबी माद्यामिक विद्यालय बडिमालिका नगरपालिका एक पिनालेखका प्रधानाध्यापक बेदप्रकाश जोशीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्क अनुसार गत तिन वर्ष यता बाल यौन दुरुपयोग ९ वटा, बहुविवाह १०, बालविवाह  १र  गर्भ पतनका  दुई वटा मुद्दा परेको प्रहरी नायब उपरीक्षक कविसिंह बोहराले जानकारी  दिनुभएको छ ।   जर्वजस्तीकरणीका ४१ मुद्दा परेका छन् । घरेलु हिंसा सम्बन्धी २६ वटा उजुरीमा २२ वटा मिलापत्र गरी घर पठाएको  र ४ वटा सम्वनिधत  न्यायिक निकायमा पेस गरेको प्रनाउ बोहोराले जानकारी  दिनुभयो ।  त्यसैगरी तिन वर्ष यता घरेलु हिंसाका  १८३,लैगिंक हिंसाका ८२ वटा उजुरी परेको छने भने आपसी मेलमिलाप गराएर घर पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका अपराध अनुसन्धान तथा कारबाही शाखाका सही नारायण सिंह नेगीले जनाकारी दिनुभयो ।

बाजुराका स्थानीय तहको सर्वेक्षण गर्दा अझै ६८ प्रतिशत बालबालिकाले बालविवाह गरिरहेकाछन् । बडिमालिका, बुढिगंगा, र त्रिवेणी नगरपालिका तथा खप्तड क्षेडेद र गौमुल गाउँपालिकाको सर्वेक्षण गर्दा यस्तो नतिजा देखिएको पिसवीन बाजुरा गैरसरकारी संस्था का कार्यकारी प्रबन्धक धर्मबहादुर रोकायाले भन्नुभयो । बाजुराका शैक्षिक जागरण भएका क्षेत्रमा त यस्तो अबस्था छ भने पल्लोवेल्ट कुण्डाक्षेत्रको अबस्था झन भयाभव छ । प्रबन्धक रोकायाको भनाई छ। जनचेतना नै बालविवाह र छाउपडी कुपर्थाको प्रमुख कारण भएको उहाँको भनाइछ  ।

बाजुरा जिल्ला गरिबी र अशिक्षा नै बालविवाहका प्रमुख कारण बाल विवाह भएपनि बालविवाह सम्बन्धी हाल सम्म उजुरी नै नपरेको जिल्ला अदालत बाजुराका स्रेस्ता अधिकृत पुष्पराज पाण्डेले भन्नुभयो । यस वर्ष जर्वजस्ती करणीको एक थान मुद्दा छ भने बहुविवाहका दुई तिन थान मुद्दा छन् । अधिकृत पाण्डेले भन्नुभयो । प्राय गाउँघरमा लोग्ने स्वानीको झगडा हुन्छ , घरेलु हिंसाका घटना सुनिन्छन् तर ती मुद्दा  अदालत सम्म आइपुग्दैनन्  बाटोमै ढिसमिस हुन्छन् ,गाउँमै मिलेमतो हुन्छ , महिला आफै आएर मुद्दा दर्ता गर्न सक्ने हैसियत देखिँदैन । अन्ततः गाउँमै पिडा सहेर बस्न ती महिलाहरू बाध्य छन् श्रेष्तादार पाण्डेको भनाई छ ।  प्रहरी सामु पुगेर मुद्दा दर्ता गराउने वकिल खोज्ने , हेटेलबास खर्चिलो छ  न्यायिक क्षेत्रमा महिलाको पहुँच देखिँदैन पाण्डेले थप्नुभयो ।

बाजुरामा प्रयाजसोले उमेर नपुगीकन विवाह गर्ने प्रचलन छ । उमेर नपुगेकै कारण विहाबन्धनमा बाँधिएका कैंयौं जोडीका घरवार विचमै टुटेका छन् ।  बालविबाहकै कारण सबै भन्दा बढी असर शिक्षा क्षेत्रमा परेको छ। विवाह गरेपछि  वालिका घर धन्दामा व्यस्त हुन्छिन् भने बिहे गरी सके पछि युवाहरू ऋण तिर्न मुग्लान तथा बिदेशीन बाध्य छन् । अझ डरलँग्दो अवसथात दजैनौं वाल सुत्केरीले अकालमै ज्यान गुमाउनुपरेको छ।