आफ्नो खुबीलाई कसरी पहिचान गर्ने !

0
Shares

बालबालिकामा एउटा विशेषता हुन्छ । बालबालिकाले कसैलाई हेरे भने उनीहरूले कुनै सिसा या कुनै चस्माको दृष्टिकोणले हेरेका हुँदैनन् । उनीहरूको हेराइमा त तपाईँ जो हुनुहुन्छ सोही नै हुनुहुन्छ । उनीहरूमा कुनै पनि अपेक्षा हुँदैन, जस्तो– ‘तपाईँलाई यस्तो हुनुपर्छ, तपाईँलाई उस्तो हुनुपर्छ ।’ बालबालिकाले कसैलाई भेदभाव राख्दैनन् । बालबालिकाले निर्दोषपनलाई हेर्छन् अनि आपूmभित्र त्यो निर्दोषपनलाई पहिचान गर्न थाल्छन् र त्यस कुराले हाम्रो हृदय विभोर हुन्छ । त्यो निर्दोषता अहिले पनि हाम्रो हृदयमा छ अनि सधैँ नै रहनेछ । तपाईँ एक वर्षको हुनुहुन्थ्यो, छ महिनाको हुनुहुन्थ्यो, तपाईँभित्रको बालापन कहाँ गयो ? त्यो सानो एक वर्षको बचपन जो निर्दोषताका साथ खेल्थ्यो, मानिसहरूतिर हेथ्र्यो, कसैलाई जाँच्ने काम गर्दैनथ्यो त्यो, कहाँ गयो ! त्यो अहिले पनि जीवितै छ अनि त्यो तपाईँभित्र छ तर हामीले त्यसलाई पहिचान गर्न बिर्सियौँ । अनि, अन्य चीजमा व्यस्त भयौँ ।

हाम्रो दिमागमा दुई किसिमको सिक्ने विशेषता छ ः एउटा त हामीले अनुभवबाट सिकेका हुन्छौँ । अनि अर्को जसलाई घोकेर सिकेका छौँ जस्तै– गणना, भाषा आदि । भाषा हामी घोकेर सिक्छौँ तर यसको कुनै अर्थ रहँदैन । तपाईँलाई कसैले सोध्न सक्ला, ‘एकलाई किन एक भनिएको हो ?’ एक त एक नै हो तर किन एक हुन्छ ! तपाईँ बाल्यकालमा हुँदा तपाईँकी आमा या तपाईँका बुबाले भन्नुभएको हुँदो हो– ‘यसलाई नछोऊ तातो छ । पोल्ला है ।’ तपाईँले मान्नुभयो ? अहँ, जति सम्झाए पनि एकदिन त तपाईँले त्यसलाई छोइहाल्नुभयो । त्यसपछि तपाईँलाई पोल्यो नि ! तब मात्रै त्यो कुरालाई बुझ्नुभयो । यो अनुभवबाट सिकिएको कुरा हो । त्यसो भए हामीले कति कुरालाई घोकेर अनि कति कुरालाई अनुभवबाट सिकेका छौँ त ! धेरै कुरालाई हामीले घोकेर पढेका हुन्छौँ । यसबाट केही पनि अनुभव हुँदैन । तथापि अनुभव नै वास्तविक हो । घोकेको कुरा परिवर्तनशील हुन्छ ।

एउटा शब्द छ– अनुभूति । अनुभूतिको प्रमाण हुँदैन । अनुभूतिलाई अनुभूत गर्नुपर्ने हुन्छ । वास्तवमा यो श्वास आउनु–जानु नै सृष्टिकर्ताको कृपा हो । अनि, यो सृष्टिकर्ताको कृपा भइरहेको छ र यो सृष्टिकर्ताको कृपा भइरहेको कुरामा तपाईँ कसरी आभार प्रकट गर्नुहुन्छ ?

एउटा मैनबत्ती बलिरहेको छ अनि अर्को निभेको छ । यदि तपाईँले बलिरहेको मैनबत्तीलाई निभेको मैनबत्तीको नजिक लैजानुभयो भने निभेको मैनबत्तीले बलेको मैनबत्तीलाई निभाउँदैन । तथापि, बलिरहेको मैनबत्तीले निभेको मैनबत्तीलाई बालिदिन्छ । कुनै यस्तो समय आउँछ– अर्को मैनबत्ती निभ्यो, तपाईँ त्यसलाई बाल्नुहोस् । किनभने, कस्तो समय पनि आउँछ भने दुनियाँका बारेमा हामी बुझिरहेका हुँदैनौँ अनि दुनियाँले हामीलाई बुझिरहेको हुँदैन । अनि, यदि एउटा सानो मानिस जसले हामीलाई बुझ्छ भन्ने कुरा थाहा भयो भने त्यसबाट हामीलाई खुशी प्राप्त हुन्छ । अरू कोही पनि मानिस नभएका बेलामा पनि त्यो व्यक्तिले हाम्रो काँधमा काँध थाप्न तयार होओस् ।

म मानिस हुँ र यदि मैले आपूmलाई अलग्गै राखेर हेर्न थालेँ भने मानवताका लागि कहिल्यै पनि सहयोग गर्न सक्दिन । किनभने, आज मानवताको रक्षा गर्नु अत्यन्तै आवश्यक भएको छ । हामीले हामी मानिस हौँ भन्ने कुरा नै भुलेका छौँ । एउटा मानिसले अर्को मानिसलाई मानिसको रूपमा हेर्न छोडिसकेको छ । कसले बुझाउँछ– हामी सबैजना एकै हौँ । अनि, जबसम्म हामी एकजुट भएर ‘शान्ति हामीभित्रै छ’ भनेर बुझ्दैनौँ तबसम्म कसरी शान्ति प्राप्त हुन्छ । किनभने, यो संसारमा जे–जे भइरहेका छन्, जति पनि नराम्रा कुरा भइरहेका छन् नि त्यसको जिम्मेवार अरू कोही नभएर मानिस स्वयम् नै हो ।

यो एकदमै राम्रो खबर हो । किनभने, यी सबै कुरा मानिसले गरिरहेको छ । मानिसलाई बुझाउन सकिन्छ अनि यदि मानिसले चाह्यो भने यी चीजलाई एकदमै सहज तरिकाले बदल्न सक्छ । सृष्टिकर्ताले मानिसलाई आ–आपूmलाई चिन्ने र बुझ्ने खुबी दिएका छन् । उसले आपूmभित्र परम शान्तिको अनुभव गर्न सक्छ । यो नै मानिसको सबैभन्दा ठूलो विशेषता हो तर केवल यसलाई पहिचान गर्नु आवश्यक हुन्छ ।

कुनै बेला हामी आफ्नै दुनियाँमा हराउन पुग्छौँ । जब सबै कुरा राम्रोसँग चलिरहेको हुन्छ नि ! उक्त अवस्थामा हामी त्यो सबै आफ्नै कारणले चलेको हो भन्ने सोच्छौँ । मैले यसो गरेँ, मैले त्यसो गरेँ । मैले यो गरिसकेँ, मैले यो कुरा हासिल गरिसकेँ । यस्तै गर्दागर्दै मानिस क्रमशः घमण्डमा हराउन थाल्छ । स्वयम् नै हराउन थाल्छ । उसलाई हराउनका लागि कुनै विशेष स्थानको आवश्यकता नै पर्दैन । ऊ स्वयम् आपैmँसँग हराउनका लागि अरू कसैको सहायता नै चाहिँदैन । ऊ स्वयम् नै आफ्नो विचारमा बाँधिएर हराउन थाल्छ । ‘म वास्तवमा नै हराइरहेको छु’ भन्ने कुरा थाहा भएपछि अब म बाटो कसरी पहिल्याउने भन्ने समस्या देखापर्छ । यस्तो अवस्था तब आउँछ जब उसलाई दुःख महसुस हुन्छ । उसको इच्छा बमोजिम काम भएन भने उसलाई चिन्ता हुन थाल्छ । जब मानिसलाई दुःख हुन थाल्छ त्यसपछि ऊ भगवान्को शरणमा जान्छ । अनि, भगवान्लाई पनि ‘जिन’ का रूपमा बनाइदिएका छन् । ‘भगवान् ! यसो गरिदेऊ, मेरा लागि यस्तो गरिदेऊ ।’ तर, ‘भगवान् ! मलाई सद्बुद्धि देऊ । म बुझ्न सकूँ । म पहिचान गर्न सकूँ । आफ्नो जीवनमा म कतै बाटो नबिराऊँ ।’ भन्ने सोच मानिसमा आउँदैन ।

एकपटक एकजना शिष्यलाई घमण्ड उत्पन्न भयो । उनलाई लाग्यो– ‘म ज्ञानी छु । मलाई यति धेरै ज्ञान छ कि म कहिल्यै पनि भ्रमित हुन सक्दिन ।’ एकदिन उनी आश्रममा महर्षिकहाँ गए अनि सोधे– ‘मेरा लागि कुनै आज्ञा छ ?’
महर्षिले भने, ‘होइन, आऊ बस न । केही कुराकानी गरौँ ।’

दुवैजना कुराकानी गर्न थाले । कुराकानी गर्दागर्दै दुई घण्टा बित्यो ।

महर्षिले शिष्यलाई भने, ‘मलाई तिर्खा लागेको छ । मेरा लागि पानी ल्याइदेऊ न त !’

तब शिष्यले भने, ‘म अहिल्यै गएर ल्याइहाल्छु ।’

उनले गिलास हातमा लिए । नदी नजिकै थियो । त्यहाँ पानी लिनका लागि गए । उनी त्यहाँ पुगे तर नदी अलिकति गहिरो स्थानमा थियो । जसै उनी पानी उघाउनका लागि भनेर निहुँरिए तब अचानक नदीमा खस्न पुगे । उनलाई म डुबिरहेको छु भन्नेसम्म मात्रै महसुस भयो । त्यसपछि उनी बेहोस भए । यसपश्चात् के भयो भन्ने कुरा उनलाई थाहा नै भएन ! उनको आँखा खुलेपछि उनले देखे– एकजना निकै राम्री युवतीले उनको हेरचाह गरिरहेकी रहिछन् । उनको निधारमा तौलियाले पुछिरहेकी थिइन् । शिष्यलाई उनी को थिइन् भन्ने कुराका बारेमा थाहा थिएन । उनलाई ‘ती युवती को हुन्, म कहाँ छु, कसरी यस स्थानमा आइपुगेँ’ भन्ने बारेमा कुनै पत्तै भएन । यसै क्रममा ती युवतीसँगको उनको माया बढ्न थाल्यो । माया बढेपछि ती शिष्यले युवतीसँग विवाह गरे । विवाह भयो । बालबच्चा पनि भए । जागिर खान थाले । सबै कुरा भयो । उनले अन्य सबै कुरा बिर्सिसकेका थिए । उनलाई ‘म स्वयम् को हुँ’ भन्ने कुरै थाहा भएन । कसरी त्यहाँ पुगियो भन्ने पनि थाहा भएन !

धेरै समय बितिसकेको थियो । एकदिन ती शिष्य नदीको किनारतिर घुम्नका लागि निस्किए । उनले नदीको एकदमै स्वच्छ पानीलाई नियाले । नदी एक सुरमा बगिरहेको थियो । एकदमै रमणीय वातावरण थियो । चराचुरुङ्गीको चिरबिर सुनिन्थ्यो । चिसो–चिसो हावा बहिरहेको थियो । सबै कुरा मनोहर लाग्थ्यो । त्यसै बेला अकस्मात् शिष्यले सम्झन पुग्छन्, उनलाई ख्याल आउँछ– ‘म यहाँ कसरी आइपुगेँ ! महर्षि त मेरो पर्खाइमा हुनुहुन्थ्यो । म उहाँका लागि पानी ल्याउन भनेर निस्केको थिएँ । कति वर्ष बितिसक्यो ? मेरो विवाह पनि भइसक्यो । मेरा बालबच्चासमेत भइसके । हैन, यो के भइरहेको हो !’ उनी दगुर्दै–दगुर्दै महर्षिकहाँ पुगे ।

जसै उनी त्यहाँ पुगे । महर्षि त अभैm पनि त्यहीँ बसिरहेकै थिए । तब शिष्यले भन्न थाले, ‘महाराज ! मबाट एकदमै ठूलो भूल भयो । म त कति वर्षसम्म हराउन पुगेँ । हजुरले मलाई पर्खिरहनुभयो । हजुरलाई त साह्रै धेरै तिर्खा लागिसकेको होला !’

महर्षिले शिष्यतर्पm फर्किएर भने, ‘अहिले भर्खरै त मैले तिमीलाई पठाएको थिएँ ।’

तब शिष्यले भने, ‘यो मलाई के भइरहेको होला ?’

महर्षिले भने, ‘केही पनि भएको छैन । तिमीलाई ‘म कहिल्यै हराउन सक्दिन’ भन्ने घमण्ड थियो । म के बताउन चाहन्थेँ भने हराउनका लागि कति पनि समय लाग्दैन ।’

जब मानिस हराउँछ नि ! तब उसलाई ‘मलाई प्रकाशको आवश्यकता छ’ भन्ने कुरासमेत पनि थाहा हुँदैन । मैले कतै जानु छ । म यो संसारमा आएको छु र एकदिन मैले यहाँबाट जानुपर्नेछ । उसलाई यति कुराको पनि ख्याल रहँदैन । मानिस त ‘आपूm कहिल्यै मर्दिन’ भनेजसरी आफ्नो जीवन जिइरहेको हुन्छ ।

जब हराउँछौँ तब सबैभन्दा ठूलो कुरा त के हुन्छ भने हामीलाई आपूm हराएको कुरै थाहा हुँदैन । यो हराउने कुरा नै सबैभन्दा डरलाग्दो विषय हो । यदि अलिकति मात्रै पनि ‘म हराइरहेको छु’ भन्ने कुरा महसुस हुने हो भने त मानिसले अवश्य नै कुनै न कुनै प्रयास गर्नेछ । ऊ त्यस स्थानबाट फुत्केर आफ्नो लक्ष्यमा पुग्नका लागि कोसिस गर्नेछ । तथापि, हराएको मानिसलाई भने ‘म हराएको छु’ भन्ने कुरै थाहा हुँदैन । त्यसकारण ऊ अभैm धेरै हराउँछ, अभैm हराउँछ । ती शिष्यलाई पनि यस्तै भइरहेको थियो ।

हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्नु आवश्यक छ अनि यो त ती सृष्टिकर्ताप्रति आभार व्यक्त गर्नुपर्ने विषय हो ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)