ओखलढुंगामा बलेरो दुर्घटना : २ जनाको मृत्यु, १० जना गम्भीर घाइते

14
Shares

ओखलढुंगा ।

ओखलढुंगाको चिसंखुगढि गाउँपालिका ३ को राहुटारमा आज बिहान करिब ७ बजेर ४५ मिनेट जाँदा भएको दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।

चिसंखुगढिको खानीभञ्ज्याङबाट ओखलढुंगा तर्फ आउँदै गरेको ना १ ज ८४८३ नम्बरको बलेरो गाडी दुर्घटनामा परि चिसंखुगढि ३ का वर्ष ५२ को मीन बहादुर श्रेष्ठ र चिसंखुगढि ३ कै ७० वर्षीय भत्ता बहादुर थापाको घटना स्थलमै ज्यान गएको हो । यसै गरी सोही दुर्घटनामा परि १२ जना  घाइते भएका छन् । घाइते हुनेहरूमा १० जना गंभिर घाइते भएको र थप २ जना सामान्य घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गम्भीर घाइते हुनेहरूमा चिसंखुगढि गाउँपालिका ३ खानिभञ्ज्याङ बस्ने गाडी चालक सुमन , चिसंखुगढि २ बस्ने वर्ष ५७ की तिल कुमारी श्रेष्ठ, चिसंखुगढि १ का वर्ष २२ को खेम बहादुर खत्री, चिसंखुगढि ३ बस्ने वर्ष २६ की सर्मिला श्रेष्ठ, चिसंखुगढि २ बस्ने वर्ष १३ की आयुशा श्रेष्ठ र चिसंखुगढिका ४२ वर्षीय केन्द्र बहादुर काकी रहेका छन् ।

यसै गरी घटनामा परि घाइते हुनेहरूमा सिद्धिचरण नगरपालिका १० वेतिनि बस्ने तुलसा धमाला र निजको छोरो विनय धमला, चिसंखुगढि ३ बस्ने वर्ष ५० की तीर्थ लक्ष्मी श्रेष्ठ, चिसंखुगढि ४ बस्ने वर्ष ४ की लरिसा श्रेष्ठ, मोलुङ १ बस्ने ३५ वर्षीय जानुका धमला र ४ वर्षीय कोसिस धमला रहेका छन् ।

गम्भीर घाईतेहरुमा चार जनालाई सिम्रिक एयरको हेलिकप्टर र बाँकी ६ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडाैंको टिचिङ हस्पिटल पु¥याईएको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसै गरी बाँकी दुई जना सामान्य घाइतेहरूलाई एम्बुलेन्स मार्फत सामुदायिक मिसन अस्पताल सोब्रु लगिएको छ ।