जातीय विभेदको समाचारप्रति शाहीको स्पष्टोक्ति

0
Shares

काठमाडौं । 

न्युज अफ नेपाल अनलाइन न्युज पोर्टलमा गत पुस १० गते मानव अधिकार रक्षक नै जातीय विभेदका घटनाबाट पीडित शीर्षकमा प्रकाशित समाचारमा उल्लेख गरिएको म अशोक कुमार शाहीसँग सम्बन्धित थियो । तर, उक्त समाचारमा मेरो भनाइ नराखेर एकपक्षीय रूपमा प्रकाशित भयो भन्ने मेरो बुझाइ हो ।

उक्त विषय निज वीर तिरुवाविरुद्ध मैले ४ महिना पहिले काठमाडौं जिल्ला अदालतमा गालिगलैच र पारिश्रमिकको दावि गर्दै मुद्दा दर्ता गरेको थिए।

प्रतिवादि वीर तिरुवाले २ महिना पछि मुद्दा खारेजिको माग गर्दै प्रतिउत्तर लगाएको एक हप्तापछि नयाँ फोन नम्बरबाट फोन गरी तँ र तेरो परिवारलाई पानीको सात तला भित्र गए पनि न छाड्ने भन्दै धम्की दिँदै जातीय हतियार प्रयोग गरी मलाई फसाउन खोजिएको स्पष्ट देखिन्छ ।