एउटै मञ्चबाट छ बाछिटा कृति विमोचन

0
Shares

काठमाडौं ।

नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलबाट एकै पटक छ वटा बाछिटा कृति विमोचन भएको छ । पारिजात हलमा भरिएको साहित्यकारको माहोल देखेर साहित्यको नवीनतम काव्य उपविधा बाछिटा लेख्नेको सङ्ख्या वृद्धि भएको देख्दा यसको भविष्य राम्रो भएको बताउँदै आफू नयाँ नियुक्ति भएर आइरहँदा प्रज्ञालाई बुझ्नै केही समय लाग्ने र सो संस्थालाई मेरो होइन हाम्रो बनाउने , बरु केही काम नगर्ने नराम्रो नगर्ने , साहित्यकारहरूको सल्लाह सुझाव अनुसार आफू अगाडि बढ्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिले भूपाल राईले बताउनु भयो ।

अमर त्यागी द्वारा प्रवर्तन गरिएको तीन पाँच तीन अक्षर संरचनामा निर्माण भएको साहित्यको नवीनतम काव्य उपविधा “बाछिटा“ कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा कौशिकी साहित्य प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाको सभापतित्वमा छ वटा बाछिटा कृति वरिष्ठ साहित्यकार तथा बाछिटाकार कलानिधि दाहाल “अस्तित्व” तथा बाछिटाकारहरू खगेन्द्र बस्याल “अखण्ड“,कमला महत “अनन्त“ ,नानीमाया सुनुवार नामासुझ “अजस्र ”,भवानी पाण्डे “अक्षुण्ण” र सुधा बाँस्कोटा ढकाल “अस्मिता” विमोचन भएको हो । उक्त कृतिको समीक्षा भने प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले गर्नु भएको थियो ।

कृति विमोचन समारोहमा एकल बाछिटा कृति निकाल्ने बाछिटाकारहरुलाई “बाछिटा संवर्धन सम्मान –२०७९” सम्मान प्रदान गरिएको थियो । सम्मान पाउनेहरूमा बाछिटाकारहरु अम्बिका धिताल, शर्मिला तिमल्सिना ,कलानिधि दाहाल, खगेन्द्र बस्याल, कमला महत लगायत हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा प्राज्ञिक सञ्चार अभियान नेपालले बाछिटा प्रवर्तक अमर त्यागिलाई पनि “ प्राज्ञिक सञ्चारश्री सम्मान –२०७९“ ले सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुलाल,मधुसुदन गिरी,शङ्कर भारती,जनार्दन अधिकारी,गायत्री चापागाईं लगायतको उपस्थिती थियो ।