अखिल क्रान्तिकारी विवाद समाधानको माग  

0
Shares

काठमाडौं ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पकाका अध्यक्ष तिर्सना आले मगरको संयोजकमा पूर्वपदाधिकारी सहितको टिमले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग शुक्रबार साँझ बालुवाटार पुगेर अखिल क्रान्तिकारी विवाद समधानको मागकाे गरेका छन्  ।

भेटमा मगरले प्रधानमन्त्रीलाई बधाई दिँदै आउँदो चैत ५ गते हुँदै गरेको स्ववियुको चुनाव केन्द्रित भएर अखिल क्रान्तिकारी भित्रका गुटबन्दीका कारण क्याम्पसमा दल वा संगठ दर्ता प्रक्रियामा समस्या भएको विषयमा कुरा राख्नु भएको थियो । १९ गते दल वा संगठन दर्ता अखिल क्रान्तिकारी (माके) दर्ता हुँदै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहको हस्ताक्षर सहित अखिल क्रान्तिकारी अर्को संगठन दर्ता भए पछि समस्या उत्पन्न भएको थियो  अखिल क्रान्तिकारीको माथिको विवाद र गुटबन्दीका कारण सिंगो संगठनमा समस्या भएको मगरले  बताइन् ।

उक्त समस्या समाधानको माग  गर्न पद्मकन्या क्याम्पस अध्यक्ष मगर टिम लिएर पार्टी  अध्यक्ष दाहाल  सामु आफ्नो काखे बच्चा लिएर पुगेकी थिइन ।  पूर्व अध्यक्ष वसन्त भन्दारीले सुरुमा आफूले पद्मकन्या क्याम्पसमा संगठन निर्माण गर्दादेखि समस्या चुनौती र योगदान राख्दै स्मृति दाहाल, विमला कठरीया सिनियर  अपांग(डिफेन्टली एबल) उहाँहरू योग्य हुँदा हुँदै पनि केन्द्रीय सदस्य पद्मकन्याका बाट नबनाएको गुनासो राखेकी थिइन, यसरी अन्याय भएको बताइन तर आफू जस्तोसुकै समस्या आए पनि सामना गर्ने पछाडि नहट्ने संगठनलाई बलियो बनाउने बताउँदै अखिल क्रान्तिकारीको विवाद समाधानको माग  गरेकी छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा अध्यक्ष  पञ्चा सिंह र सचिव पवन कार्की खेमाका कारण संगठन विवाद भनिरहेको छ। अखिल क्रान्तिकारी पद्मकन्याका समितिको कुरा सुनीसकेपछि पार्टी  अध्यक्ष प्रचण्डले उहाँहरूसँग प्रत्यक्ष कुराकानी  गरेर सबै  खुसी व्यक्त गर्दै  तपाईँहरू वास्तविक माओवादी भएको भन्दै धन्यवाद दिनुभयो ।

पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै  अखिल क्रान्तिकारीका अध्यक्ष र  सचिवलाई बोलाएर चुनाव अगावै समस्या समाधान गर्ने विश्वास दिलाउनु भयो । सबैलाई निराश नहुन अगाडि बढ्न अनुरोध पनि गर्नु भयो ।