सुनको मूल्यमा सामान्य वृद्धि

0
Shares

काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२५५ रुपैयाँमा कारोबार भएको थियो ।