अष्ट्रेलियामा भारतीय नागरिकको गोली हानी हत्या

0
Shares

काठमाडौं ।

अष्ट्रेलियामा प्रहरीले एक ३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई गोली हानेर हत्या गरेको छ।

सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गर्नुका साथै प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेकाले उनलाई गोली हानिएको अष्ट्रेलियन प्रहरीले जनाएको छ।

अस्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन्। अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घटना अत्यन्तै डरलाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ। विदेश मामिला तथा व्यापार विभाग,न्यू साउथवेल्स कार्यालय र राज्य प्रहरी अधिकारीहरूसँग यस विषयमा कुरा उठाएको दूतावासले जनाएको छ।

प्रहरी चौकीमै पुगेर प्रहरी अधिकारीमाथि नै आक्रमण गर्ने प्रयास गरेकाले उनलाई गोली हान्नुको बिकल्प नरहेको न्यू साउथवेल्स प्रहरी सहायक आयुक्त स्टुअर्ट स्मिथले मंगलबार एक पत्रकार सम्मेलनमा जानकारी दिए। प्रहरीले तीन वटा गोली हानेका थिए जसमध्ये दुई वटा सैयद अहमदको छातिमा लागेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका छन्।