रातको समयमा काठमाडौँमा सहकारी चोर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ ।

रातको समयमा काठमाडौँको टोखामा सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई काठमाडौँको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङ रहेका छन् ।

उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगदसहित पक्राउ गरेको हो ।