रोग र भोकले ग्रसित सुर्पनाको गुहार

      उपचार हुन नसक्दा घरवासै उठिबास हुने डर 

0
Shares

बाजुरा।

बाजुराको  जगन्नाथ गाउँपालिका  वडा नम्बर  ६ तल्लोकाप्रीकी सुर्पना दमाई  यति वेला उपचार अभावमा तड्पिरहेकी छिन् । सुर्पना  अहिले दुइवटै आँखा नदेख्ने भएकी छन्  । गत असार महिना देखि आँखा नदेख्ने भएकी सुर्पनाको अन्धोत्वको कारणले  हात र केही शरीरको भाग आगोमा  जलेको छ । उपचार अभावका कारण सुर्पना शारीरिक अशक्त मात्र हैन उनको घरपरिवार  उठिबास हुन लागेको छ । स्थानीय दानबहादुर धामीले बताउनुभयो।

यति वेला उनी उपचारका लागि आर्थिक  सहारा खोजिरहेकी छन्  । उनका श्रीमान् जैमल दमाई पनि अशक्त छन् । श्रीमान् जैमल दमाईको उपचारको क्रममा ससुरा पुरिलाल दमाईले घर जग्गा बेचिसकेका छन्, । भएको केही खेतवारि पनि पहिरोले पुरिदियो  । सुर्पना दमाई कि सौता पनि छन् र उनी पनि किड्नीमा पत्थरीको समस्या बोकेर जीवन मरणको दोसाँधमा छन्  । उनको बारम्बार उपचार र एक पटक अप्रेसन सम्म गरिएको छ र अहिले पनि उपचारत छन् ।

म आफै अपाङ्ग र अशक्त भएर  विरामले थला परेको छु , दुई दुई श्रीमतीको उपचार कहाँबाट गरु उनका  श्रीमान् जैमल दमाई ले भन्नुभयो। उनी उपचार  गर्नका लागि कालिकोटको सेरिजिउला गएकी थिइन् बैद्यबैद्यीबाट झारफुक गरिरहेकी थिइन् । भोट बैंककारुपमा प्रयोग गर्न दुई हजार रुपैंया भाडा तिरेर नेताका कार्यकर्ताले  घर ल्याए । उनको मतपाई सकेपछि अहिले ती भोट माग्ने नेता कहाँ छन् पत्तो छैन  । उनको ससुरा परिलालले दुख व्यक्त गर्नुभयो  । उपचार र आर्थिक सहयोग गर्ने सर्तमा तर आज तिनै उम्मेदवार र नेताहरुले चुनाव जितिसकेपछि औषधी उपचार र आर्थिक सहयोगको त कुरै छोडौ बैद्यवैद्यी सम्म पुग्ने व्यवस्था पनि गरी दिएनन् ।

उनका तीन वटा सन्तान छन् जेठा छोरा भोकमरी र आर्थिक समस्याका कारण (१४) चौध वर्षको उमेरमा सोही उमेरको सौतेनी भाइ बोकेर पढ्ने लेख्ने उमेरमा भारत पसेका छन् । उनका माइलो छोरा पाँच कक्षामा श्री शम्भुनाथ आबि तल्लोकाप्रीमा अध्ययनरत छन् ।पठनपाठनमा राम्रो भएता पनि एक जोर विद्यालय पोसाक सम्म लगाउने उनको रहर पूरा भएको छैन । कान्छो छोरा सात वर्षका छन् जो अन्धी आमाको साथ दिइरहेका छन् ।

सुर्पना दमाई यति सम्म कि दिशा पिसाब पनि कपड़ामानै खुस्काउँछिन् । उनी छाप्रोमा दुई छोरा माइलो र कान्छोका साथमा बस्दै आएकी छन् । ती अबोध बालकहरुले आर्थिक स्थितिका कारण थुप्रै रहरहरुको कुर्बानी दिइरहेका छन् ।यति सानो उमेरमा अति ठूलो सङ्कटको सामना गरिरहेका छन् । सुर्पनालाई बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको छ । त्यसैमाथि अन्धत्वको कारण चुपचाप सहन गर्न बाहेक के पो सक्थिन् । उनको हेरचाह गर्नको लागि आएकी उनकी नन्द  पच्चीस (२५) वर्षको कलिलो उमेरमा दुई  केटाकेटी साथ विधवा भएकी छन् ।

सुर्पनाको  माइती घर कालिकोटको पलाता गापा लार्फमा हो । उनको माइतीमा पनि आफ्नो कोही छैनन्  । जसले यो सङ्कटको घडीमा सहयोग गरुन् ।उनको भन्नू त सारा नेपाल र नेपाली हुन् जसले उनलाई नयाँ जीवन दिन सकुन् । ती कोमल नानीलाई गुणस्तरीय शिक्षा दिन सकुन् ।

स्थानीय सरकारसँग आफैले नियम कानुन बनाएर नीति तथा कार्यक्रम लागू गर्ने अधिकार केद्रले सुम्पेको छ  । तर त्यही स्थानीय सरकारले गरिब , अपाङ्ग, असहाय, दलित जस्ता निम्न वर्गको उत्थान न त स्थानीय जनप्रतिनिधिले गरेका छन् न कुनै संघसंस्थाले । सुपर्नाको वियोगमा मलम लगाउने कोही छैनन्   स्थानीय स्वास्थ्यकर्मी फुलमाया उपाध्यायले भन्नुभयो ।

सुर्पना दमाई जस्ता तमाम नागरिकहरुको सेवा सहयोग गर्नु हामी सबैको दायित्व हो ।  राजनीतिक दल, सामाजिक अभियन्ता, बुद्धिजीवी वर्ग लगायत सम्पूर्णले मानवताको हैसियतले सुर्पना दमाइलाई सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएकी छु । मैले आफूले सक्ने सहयोग गरेकी छु र गर्नेछु । सम्पूर्ण नेपाली नागरिकलाई सहयोगका निम्ति अपिल गर्दछु  कम्युनिटी एडुकेटर सुर्जा बुढाले बताउनुभयो ।