भ्रष्टाचार आरोप लागेपछि दिल्लीका उपमुख्यमन्त्री पक्राउ

0
Shares

एजेन्सी । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कायाृन्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआई (सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन) ले आइतबार उनलाई पक्राउ गरेको हो ।

दिल्लीका उपराज्यपाल विनय सक्सेनाले सन् २०२२ जुलाईमा दिल्लीमा रक्सी बेच्न लिनुपर्ने लाइसेन्सको शुल्क मिनाहा गरेको उक्त नीति बनाउन संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएका थिए ।

यो प्रकरणमा लामो समयसम्म अनुसन्धान चलेको थियो । सिसोदियामाथि प्रमाणहरू नष्ट गरेको आरोप पनि लागेको छ ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भागवन्त मानले आइतबार राति नै सिसोदियाका परिवारलाई भेटेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै केजरीवालले सिसोदिया निर्दोष रहेको बताएका छन् । सिसोदियालाई पक्रिनु फोहोरी राजनीति भएको केजरीवालको भनाइ छ ।

आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीविरूद्ध सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने बताएको छ ।