जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

0
Shares

नेभाडा, अमेरिका ।

वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन्  कि अरुहरु त्यसलाई सहजै सहज महसुस गर्न सक्दैनन् ।

कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी  छिन ।  जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे ।

यो घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ।

जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् ।  उनले भनिन् कि उनका प्रेमी प्राय: वेश्यालयमा आउँथे, जाे हाल उनकाे गहिराे प्रेममा छन् ।

उनी साे वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएकाे सम्पर्क पछि दुवै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुवै वेश्यालयमा सँगै काम गर्न थाले।

जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्- यो फरक छ। धेरै फरक अनुभव। धेरै फरक अनुभव।

आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन्, तर यो मेरो प्रेमी..मेरो प्रेमीले शान्त हुन सिकाउँछन् ।

उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन् र मेरो पेशा प्रति निकै सम्मान गर्छन् । त्यस कारण म पनि उनीलाई धेरै प्रेम गर्छु ।

युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन्, के यो सम्भव छ । मैले भनेको छु,  यो प्रेम हो, वेश्यावृत्ति होइन ।

र, हामीले वेश्यावृत्ति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौँ । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेरो जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन् त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु ।

उनले आफ्नो प्रेम कथा भने पनि उनले आफ्नो प्रेमी भने सार्वजनिक गर्न मानिन । तर, उनले यु टयुबमा अन्तरवार्ता दिने क्रममा आफ्नो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्तरवार्ता हेरेर उनका प्रेमी मुस्काइरहेका थिए ।

तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन् । यति मात्रै भने, ‘हामी एक दिन सँगै अन्तरवार्तामा देखिनेछौँ । यो दिन आउनेछ ।