निर्जला कोजूको अध्यक्षतामा साइकल कनेक्ट भक्तपुर पुनर्गठन

0
Shares

भक्तपुर ।

साइकल संस्कृति प्रवर्द्धन गर्न पैदल र पेडलमैत्री शहरको मूल उद्देश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ ।

नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, विकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् ।

सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजूलाई सपथ ग्रहणसहित अध्यक्षको पदभार हस्तान्तरण गरे । तत्पश्चात अध्यक्ष निर्जलाले बाँकी सदस्यलाई सपथ ग्रहण गराइन् ।