९४ जनाद्वारा रक्तदान

0
Shares

रसुवा । नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान र कालिका हिमालय एसएलसी २०५६ व्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गर्नुभएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवा अध्यक्ष प्रमिला लामा लगायत स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मीरा तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ, तथा बिभिन्न वडाध्यक्षहरुले रक्तदान कार्यक्रम सराहनीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा कालिका गाउँपालिका पूर्वअध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने लगायत पूर्वजनप्रतिनिधि, पत्रकार, अधिकारकर्मीहरु र स्थानीय सहभागी थिए । कार्यक्रममा पानी, फलफूल तथा जुस प्रदान गर्ने तथा रक्तदान कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

दुई सय जनाले रक्तदान गर्ने तयारी गरेपनि संयोगले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेकोले रक्तदान गर्न नहुने भनेपछि रक्तदान गर्ने कम भएको आयोजकले बताएका छन् ।

त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाको प्रथम अधिबेशन गरी महाधिबेशन प्रतिनिधिसमेत छनोट भएको छ । अधिवेशन केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

जिल्ला समितिको २०७७ पुस १९ गते रसुवामा तदर्थ समिति गठन भएको थियो । शनिबार भएको अधिवेशनले प्रमिला लामाको अध्यक्षतामा ९ सदस्य रहेका जिल्ला समिति गठन भएको छ । उपाध्यक्ष रामशरण गजुरेल ‘निशान’, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष प्रेम पौडेल, सदस्यहरुमा रामशरण पौडेल, पूर्ण न्यौपाने, सरस्वती न्यौपाने र सविना घिमिरे चयन भएका छन् ।

त्यसै गरी महाधिबेश प्रतिनिधिमा जिल्ला समितिबाट प्रमिला लामा, हेमनाथ खतिवडा र कालिका गाउँपालिका समितिबाट तारा कार्की रहेका छन् ।