संसदमा उठेका विषयमा सरकारलाई जवाफदेही बनाउन माग

0
Shares

काठमाडाैं ।

प्रतिनिधिसभा सदस्य नारायण प्रकाश साउदले संसद बैठकमा उठेका विषयप्रति सरकारलाई जवाफदेही बनाउन माग गरेका छन् ।

जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शून्य र विशेष समयमा उठाइएका विषयमा सम्बन्धित् मन्त्री र सरकारले जवाफ दिने नगरेको भन्दै आपत्ति जनाए । उनले संसदमा उठाइएका विषयमा मन्त्री र सरकारलाई जवाफ दिन रुलिङ गर्न सभामुखसँग माग गरे ।