जिल्ला अस्पतालमा डायलायसिस सेवा सुरु



रामेछाप ।

जिल्ला अस्पताल रामेछापमा बिहीबारबाट डायलायसिस सेवा सुरू भएको छ । बागमतीप्रदेश सरकारको पहलमा रामेछाप अस्पतालमा डायलायसिस सेवा सुरु गरको हो ।

बागमतीप्रदेशको स्वास्थ्यमन्त्रालय स्वास्थ्यनिर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापनशाखा, अस्पताल विकास समितिको प्रयासमाजिल्ला अस्पताल डायलायसिस सेवा सुरू भएको हो । अस्पतालमा डायलायसिसकालागिपाँच वटा मेसिन रहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवनअधिकारीले नागरिकको सेवालाई ध्यानमा राखेर आजबाट डायलायसिस सेवा सुरु गरिएको बताउनु भयो ।उहाँकाअनुसार दैनिकदुई जना बिरामीलाई डायलायसिस गर्न सकिनेछ ।

रामेछापनगरपालिकाकै एक महिलाको डायलायसिस गरेर सेवा सुरु गरिएको हो । डायलायसिसमा स्टाफ नर्स शान्तिअधिकारी, मनिता योञ्जन, स्मिर्ति मगर, शिखाहायु लगायतको सहभागीता रहेको थियो ।

यसअघितामाकोसी अस्पताल र मन्थली अस्पतालले डायलायसिस सेवा सुरु गरेकाथिए । रामेछाप अस्पतालमै डायलायसिस सेवाले निरन्तरतापाए मृगौलाका बिरामीलाई काठमाडौं जानुपर्ने बाँध्यता हटनुको साथआर्थिक भार समेत कमी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्