गाई काट्ने चार जना पक्राउ

0
Shares

बागलुङ  । 

गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले चार जनालाई पक्राउ गरेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा फागुन ८ गते गाई काटेर मारेको आरोपमा प्रहरीले चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका उनिहरुलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरि अनुसान्धान गरि रहेको खड्काको भनाई छ ।