बाजुरामा ५.९ म्याग्निच्युडको भुकुम्प, स्वास्थ्यचौकी चिराचिरा गौमुल बस्ती उच्च जोखिममा

0
Shares

बाजुरा । 

जिल्लाको हिमाली गाउँपालिका केन्द्र बिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार दिउसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको जनाएको छ । भूकम्पबाट के कति क्षेत्री भयो कुनै जानकारी अहिलेसम्म आएको छैन ।

माघ १० गते बाजुराको हिमाली गाउँपालिका बिछ्या केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण बढीमालिका नगरपालिका ,गौमुल र हिमाली गाउँपालिका दर्जनानैं वस्ती जोखिममा परेका छन् । कयाैं घर भत्केका र कयौँ घर चिराचिरा परेकाले बस्न लायक नभएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो ।

जिल्लाका नौ मध्ये सात वटा पालिकाको स्थलगत निरीक्षण गर्दा बढी पहिरो र भूकम्प लगायत प्राकृतिक प्रकोपका कारण बाजुरा उच्च जोखिममा रहेको पनि उहांको भनाई थियो ।

जिल्लामा के कति क्षेत्री भएको छ यकिन विवरण पेस गर्न स्थान पालिकासँग समन्वय गरी का सङ्कलन कार्य अघि बढेको प्रमुख जिल्ल अधिकारी खड्काले बताउनुभयो । यसैबिच गौमुल गाउँपालिका २ दह कोटमा रहेको दहकोट स्वास्थ्य चौकीको भवन चिरा चिरा परेको छ ।स्वास्थ्य चौकीको भवन चर्किएर चिराचिरा परेको स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीको भवन चर्किएपछि सेवा लिन आएका बिरामीलाई सेवा दिन समस्या भएको छ । जोखिम भवनमा स्वास्थ्यकर्मी बिरामीको उपचार गरिरहेका छन् ।

भूकम्पबाट स्वास्थ्य चौकीको भवन चर्किएर भित्र बस्न नमिल्ने भएपछि सेवा लिन आएका सेवाग्राहीलाई उपचारमा समस्या भएको दहकोट स्वास्थ्य चौकीकी अनमी सरिता विष्टले बताएकी छन् ।

स्वास्थ्य चौकीमा आएका बिरामीलाई बाहिर बसेर सेवा दिनु परेको विष्टले बताइन् । भूकम्पले पुरै भवन चर्किएर पछि डरै डरले सेवा दिनु परेको स्वास्थ्य कर्मी धर्म खत्रीले बताए । ज्यान जोखिममा राखेर सेवा प्रवाह गर्दै आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वास्थ्य संस्थामा आएका बिरामी र सुत्केरी हुन आएकी गर्भवती महिलालाई समेत बाहिर राखेर सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको भनाई रहेको छ । गर्भवती सेवा सञ्चालनमा समेत निकै समस्या आएको छ । भवन भित्र उपचार गरम पुरै चिराचिरा कति बेला भत्किने हो, थाहा छैन, खुला ठाउँमा उपचार गर्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सोही वडामा रहेको पशु सेवा शाखाको भवन समेत भूकम्पले चर्किएर चिराचिरा परेको छ । भूकम्पले घर नै जोखिममा भएपछि कृषकलाई सेवा दिन कठिनाइ भएको छ । भूकम्पका कारणले गौमुल गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो, भने ५ सय बढी परिवार घर चिराचिरा परेका छन् । २० परिवार पूर्ण रूपमा विस्थापित भएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

अध्यक्ष रोकायाले स्वास्थ्य चौकीको भवन जोखिममा रहेको व्यवस्थापन गर्न पहल भइरहेको छ । पालिकामा सीमित स्रोत साधन र बजेट अभावले भूकम्प प्रभावितलाई पुनर्स्थापना गर्न समस्या भएको बताए । पालिकामा रहेको स्वास्थ्य चौकी, विद्यालयका भवन भूकम्पका कारणले जोखिममा रहेको गाउँपालिकाले बताएको छ ।

भूकम्पकै कारण बाजुराका हिमाली, गौमुल र बडिमालिका नगरपालिका दुई हजार बढी नागरिकका घर चर्किएका छन् भने हिमाली चार बोर्ता र गौमुलका केही परिवार अहिले पनि त्रिपालको मुनी खोलाको किनारमा रात विताउदै आएका छन् । बडिमालिका नगरपालिका वडा नं सात मा भने वास्तविक भूकम्प पीडितको राहत विवरणमा नाम छुटाएको र राजनीतिक आस्थाका आधारमा नामावली सङ्कलन गरेको स्थानीयले दुखेसो गरेका छन् ।

परोपकारी संस्था नेपाल रेडक्रस लगायत विभिन्न संघ संस्थाले तत्काल उद्धारका लागि खाद्यान्न र लत्ताकपडा मानवीय सहयोग गर पनि भुकम्प पीडित लगायत लगायत दैवी प्रकोपमा परेका समुदायको दिगो समाधानको लागि भने हाल सम्म कुनै ठोस योजना देखिँदैन ।

यसैबिच बाजुरा भूकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानीयहरू त्रसित भएका छन् । गत माघ १० गते हिमाली गाउँपालिकाको बिछ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प जाँदा बाजुरामा ठुलो क्षेत्री भएको थियो । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।