९ किलोग्राम चरेससहित तीन जना पक्राउ

0
Shares

काठमाडौं ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउलेघाटस्थित सीमा ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।