बोरामा फेला पर्‍यो महिलाको शव

0
Shares

विराटनगर ।

मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो ।

शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले  घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।