डा.बस्नेतले सार्वजनिक गरे १८ महिनामा गरेका १८ वटा महत्वपूर्ण कामहरु



काठमाडौं।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा शुक्रबार डा सन्तोष पौडेल नियुक्त भएपछि यसअघि वीर अस्पतलको निमित्त कार्यकारी अधिकारीका रुपमा कार्यभार सम्हाल्दै आउँनुभएका डा.भुपेन्द्र बस्नेतको पद निस्कृय भएकोछ । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिनुभएको हो ।

डा.पौडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिई कार्यभार सम्हाले लगत्तै डा बस्नेतले आफू पदबाट बाहिरिएको र पदमा रहँदाको १८ महिना के के काम गरियो भन्ने बारेमा सार्वजनिक गर्नुभएको छ । उहाँले आफूले कार्यभार सम्हालेको डेढ वर्षको अवधिमा १८ वटा महत्वपूर्ण कामहरु गरेको उल्लेख गर्नुभएकोछ ।

डा. बस्नेतले वीर अस्पतालमा कार्यकारी निर्देशक हुँदाको डेढबर्ष कार्यकालमा गरेका कामहरु यसप्रकार रहेका छन् :

सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएको, नयाँ आइसीयू थप गरिएको, अस्पताल भित्र चार वटा फार्मेसी सेवा विस्तार गरेको लगायत १८ वटा कामहरु उहाँले सार्वजनिक गर्नुभएको छ ।
सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्यायौँ – जनरल वार्ड , ओ.टी. पोस्ट अपरेटिभ ,आइसीयू, ब्लड बंैक , रेडियोलोजी सेवा, सिमुलेसन ल्याब, ओ.टी तथा जनरल फार्मेसी सेवा,आठ वटा अल्ट्रासाउन्ड मेसिनबाट हरेक दिन सेवा दिएर बिरामीलाई पालो कुर्नुपर्ने अवस्थाको अन्त्य,सर्जिकल भवनमा नयाँ आइसीयू थप गरी बिरामीलाई आइसीयू नपाउने अवस्थाको अन्त्य,अस्पताल भित्र चार वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार, दात विभागमा २० वटा डेन्टल चेयर थप गरेर सेवा विस्तार,क्याथ ल्याब सेवा सञ्चालन, ब्रोनोस्कोपी एण्ड स्लीप ल्याब सुरु, सर्जिकल विभागका धेरै सेवाहरुको हरेक दिन ओपिडी र ओटीको व्यवस्था गरिएको जसले गर्दा बिरामीलाई पालो कुर्ने समय छोटो गर्ने कोशिस गरिएको,डायलाइसिस सेवा विस्तार रहेका छन् ।

त्यसैगरी ओपन हार्ट अप्रेसन सुरु,मिर्गौला प्रत्यारोपणलाई पुन: निरन्तरता दिएको, फाइब्रोस्क्यान सेवा पुन: सञ्चालनमा ल्याएको,आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपिडी सञ्चालनमा ल्याएको,दुवाकोटमा एक्सरे र ल्याब सहितको ओपिडी सेवा सञ्चालनमा ल्याएको,अस्पतालमा डिजिटल पे क्युआर कोड सेवा सुरु गरिएको,बिरामीहरुको सहज सेवाको लागि एमआरआई सेवा बिहान ८ बजेदेखि राति १० बजेसम्म सुरु गरिएको,इमरजेन्सीलाई एक सय शैया बनाउने काम प्रक्रियामा लगिएको र पुरानो भवनको ठाउँमा नयाँ पाँच सय शैयाको मेडिकल भवन बनाउने प्रारम्भिक ड्रोइङ र डिजाइन गरी स्वास्थ्य मन्त्रालयमा बुझाइएको उल्लेख गर्नुभएको छ ।

शुभेच्छुक तथा सहयोगि महानुभावहरु समक्ष वीर अस्पतालको नेतृत्वबाट बिदा पायेको प्रष्ट पादै आफ्नो टीमको नेतृत्वले काम सुरु गर्दा कोभिडको माहामरी भएको र दोश्रो र तेश्रो कोभिड माहमरीलाई सफलता पुर्बक आमनगरिकको जीवन रक्षा गरेर अगाडी बढेको उल्लेख गर्दै यो अवधिमा विश्वास गरेर जिम्मेवारी दिने सरकार, सचिव, लगायत कार्यक्षेत्रमा अहोरात्र सघाउँने चिकित्सक, कर्मचारी सम्पुर्ण सहयोगि अस्पताल टिम प्रती पनि आभारी छु । साथै सधै सहयोगको अपेक्षा सहित वीर अस्पतालको उन्नतिको कामना गर्दछु । जय वीर अस्पताल भन्ने सन्देश सार्वजनिक गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्