ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे मृत्यु

0
Shares

मकवानपुर ।

मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।