सल्यानमा ‘विवाहवारी २० वर्ष पारी’ नारामै सीमित

कपुरकोटमा विवाहगर्न वडाको सिफारिस अनिवार्य

0
Shares

सल्यान ।

विवाहवारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि सल्यानमा २० वर्ष नपुग्दै विवाहगर्नेको सङ्ख्या उच्च रहेको छ । कमउमेरमाविवाह गरी किशोरी अवस्थामै गर्भवतीहुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । स्वास्थ्य सम्बन्धी, ज्ञानको कमी, देखासिकी, गरिबी, कानुनी ज्ञानको कमी,लगायतकाकारण बालविवाहमाकमीआउन सकेको छैन ।

स्वास्थ्य सेवाकार्यालय सल्यानका अनुसार बालविवाह गर्ने १५ वर्षदेखि १९ वर्षकाधेरै रहेका छन् । आर्थिक वर्ष २०७७माजिल्लाभर ७हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० वर्ष मुनिका थिए ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाभर ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० वर्ष मुनिका थिए । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म करिब ६ हजार जना गर्भवती भएकोमा १ हजार ५ सय ९ जना २० वर्ष मुनिका रहेका छन् ।

कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ,जाँच गराउनआउने २० वर्ष मुनिका किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको बताउनु भयो । बर्षेनी जिल्लामा २० वर्ष मुनिको गर्भ ,जाँच गराउन आउने किशोरीहरूको सङ्ख्यामा तुलनात्मक रुपमा कमीआएपनि,अपेक्षाकृरत रुपमा कमी आउन नसकेको उहाँको भनाइ रहेको छ ।

शिक्षित समुदायमाभन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा कम उमेरमा विवाह गर्ने चलन बढी रहेको, उहाँले बताउनु भएको छ ।

विवाहगर्दा वडाको सिफारिस अनिवार्य

सल्यानको कपुरकोट गाउँपालिकाले विवाहगर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिका भित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका छ वटै वडा कार्यालय मार्फत विवाह अगाडि अनिवार्य सिफारिसको व्यवस्थागरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाहगर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । यो व्यवस्थागाउँ सभाबाट पारित भइसकेको उहाँको भनाइ छ ।

उहाँले जुनसुकै उमेर समूहका पालिकावासीले विवाहगर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताउनुभयो । बालविवाह रोक्नहामीले जनचेतना अभिबुद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेको हौँ तर रोक्न सकिएन, १५/१६ वर्षको उमेरमा नै बिहे गर्ने क्रम घटेन उहाँले भन्नु भयो ।

उहाँले भन्नु भयो ‘हाम्रो पालिकामागर्भवतीमहिलाको अवस्थाकाबारेमाबुझ्दा एक सय २० जनागर्भवतीपहिलो गर्भ जाँचगर्न आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइयो, यसले बताउँछ कि यस गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ भनेर’ । बालविवाह हुनुमा मुख्यभूमिका अभिभावकको हुने भएकाले बालविवाहलाई अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उहाँको भनाई छ

गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत भरतकुमार वलीले यसै वर्षदेखि बालविवाह मुक्त विद्यालय अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

‘विद्यालयउमेरका केटाकेटीको भागेर विवाहगर्ने चलन धेरै नै छ, यसलाई रोक्नविद्यालयमा सचेतिकरणका कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘बालविवाहगर्ने गराउनेलाई कानुन अनुसारको कारबाही छँदै छ, बालविवाह गर्नेका अभिभावकहरूलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जिकरणमा दोब्बर शुल्क लिन्छौँ ।’