भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रम दाहाल



काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला एकजुट हुनुपर्ने खा“चो औंल्याउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा नक्सालमा शनिबार आयोजित समारोहको उद्घाटन गर्दै उहा“ले यस्तो औंल्याउनुभएको हो ।

भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु¥याउने दाहालले बताउनुभयो । उहा“ले मुलुकमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान, सदाचारी र इमानदार भई कार्य गर्न सकेमा भ्रष्टाचार न्यूनीकरण हुने विश्वास पनि व्यक्त गर्नुभयो । आयोगले सार्वजनिक निकाय र पदाधिकारीलाई भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा बोध गराई भ्रष्टाचार नियन्त्रण गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्ने पनि राष्ट्रपति भण्डारीको जोड रहेको थियो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा सरकारले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताउनुभयो ।

सो अवसरमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको सञ्जाल दिनानुदिन विस्तार हुनुको साथै यसले संस्थागत रूप लिँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विकासका पूर्वाधारहरुको निर्माणमा वर्षेनी ठूलो रकम खर्च भए तापनि आवश्यक गुणस्तर एवं यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोत दुरुपयोग बढेको छ ।’

प्राकृतिक स्रोत उत्खनन् र राज्यकोषको दोहन पछिल्लो समय बढेको जनाउ“दै राईले खास गरी ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन तथा दोहन गर्ने कार्यलाई नियन्त्रण गर्नुपर्ने खा“चो औल्याउनुभयो । उहा“ले यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता उपर आयोग निर्भिक तवरले लागि परेको बताउनुभयो । त्यस्तै, सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रूपमा मात्र सञ्चालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विषयको छानबिन र कारबाहीलाई अझै प्रभावकारी बनाउने पनि प्रमुख आयुक्त राईको भनाइ थियो ।

राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेको भन्दै उहाँले यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नया“ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी नहु“दै ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अलपत्र परेको जिकिर गर्दै राईले भन्नुभयो– ‘ती आयोजनाहरू वर्षौं वर्षसम्म पनि पूरा नगरी अलपत्र छाड्ने जिम्मेवार अधिकारीलाई कारबाहीको दायरमा ल्याउनुपर्छ ।’

उहा“ले विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायताको प्रभावकारी परिचालन हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुको निर्माणमा वर्षेनी ठूलो रकम खर्च भए पनि गुणस्तर कायम हुन नसकेको र यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको पनि बताउनुभयो ।

प्रमुख आयुक्त राईले सरकारी निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने कार्य गर्दा केही वर्षमै ती संरचना खण्डहरमा परिणत हुने र उपकरण काम नलाग्ने अवस्थामा पुगेको टिप्पणी गर्दै भन्नुभयोे– ‘आवश्यकताको अध्ययन नगरी, पूर्वतयारी बिनापूर्वाधार निर्माण र यन्त्र उपकरण खरिद गर्दा राज्यकोषको दुरुपयोग र दोहन बढेको छ । यस प्रकारका काम माथि आयोगले सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको हु“दा त्यस्ता कार्यमा संलग्न पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइनेछ ।’

स्थानीय तहमा संघीय सरकारी कोष र आन्तरिक स्रोतबाट भएको ठूलो रकम विनियोजनको दुरुपयोग भएको र भ्रष्टाचार बढेको गुनासो आएको अख्तियारले जनाएको छ । अख्तियारले यस्ता अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोग र मातहतका कार्यालयहरुवाट छानबिन र अनुसन्धान कार्यलाई अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि आयोगको एकल उपस्थिति, सक्रियता र भूमिकाले मात्र सम्भव नहुने उल्लेख गर्दै प्रमुख आयुक्त राईले यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र सर्वसाधारण नागरिकको समेत सक्रिय भूमिका र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहा“ले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका सन्दर्भमा नेपाल अझै जोखिमपूर्ण स्थानमा नै रहेको बताउनुभयो । हालै प्रकाशित ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपालसम्बन्धी प्रतिवेदनमा नेपाल भ्रष्टाचारको सूचीमा १ सय १०औं स्थानमा परेको थियो ।

कार्यक्रममा आयुक्त किशोरकुमार सिलवालले अहिले विश्वमा बढिरहेको सूचना सञ्जालीकरण र आधुनिक प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरूप, तौर–तरिका र आयाममा परिवर्तन हु“दै गइरहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो– ‘सीमाहिन अपराधका रूपमा विस्तार हु“दै गएको भ्रष्टाचार कुनै अमुक संस्था र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय चासो र चुनौतीको विषय बन्न पुगेको छ । यसको नियन्त्रणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्