पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एकको शव फेला

0
Shares

सुर्खेत।

जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

बिहीबार डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ बर्षिय मकर रोकाय र २१ बर्षिय बि.बि.रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बि.बि.रोकायको शव आज (शुक्रबार ) फेला पारेको हो ।

अर्का एक जनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।