अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना चालक कारबाहीमा

0
Shares

काठमाडौँ।

काठमाण्डौको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा काठमाण्डौको कलंकीमा १ सय भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक ठिक नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २१ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएका सवारी साधन चलाउदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेक गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।